काठमाडौं। केही दिन यता थपिने कोरोना संक्रमितको संख्या घटिरहेको छ।
परीक्षण कम भएर थपिने संक्रमितको संख्या घटेको भन्दै आलोचना पनि भइरहेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार ९१६ वटा नमुनाको कोरोना परीक्षण गरिएकोमा ८२ जना संक्रमित भेटिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निर्देशिका बमोजिम नमुना संकलन र परीक्षण भइरहेको बताए।
उनले क्वारेन्टिनमा संख्या कम हुँदै गएको र क्वारेन्टिनमा बसेका व्यक्तिहरूको ५ देखि १० दिन नपुगेकाले नमुना संकलन हुन नसकेको बताए।
उद्धार उडानबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेर ५ देखि १० दिनभित्र नमुना संकलन गरिने र भारतबाट आउनेको भने तत्कालै नमुना संकलन गर्ने गरिएको पाण्डे बताउँछन्।
“भारतबाट विभिन्न शहरबाट आउनु भएको हुन्छ, कोरोना भाइरस तीन दिन देखि देखिन सुरु हुने हुनाले तत्कालै नमुना संकलन गर्ने गरिएको छ,” उनले भने, “उच्च जोखिम र जोखिमयुक्त जिल्लाबाट पनि नमुना संकलन भइरहेको छ।”
उनले परीक्षण दायरा भने बढाइने बताए। साथै समुदायमा कोरोना भाइरस संक्रमणकाे अवस्था के छ भनेर पनि नमुना संकलन भइरहेको उनको भनाइ छ।
" /> काठमाडौं। केही दिन यता थपिने कोरोना संक्रमितको संख्या घटिरहेको छ।परीक्षण कम भएर थपिने संक्रमितको संख्या घटेको भन्दै आलोचना पनि भइरहेको छ।

">