काठमाडौं। विदेशमा अलपत्र २६ हजार नेपालीको उद्धार गरिएको छ। सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३९६ नेपालीको उद्धार गरिएको हो।
विभिन्न एअरलाइन्सका १४९ उडान उडानमार्फत् उनीहरूको उद्धार गरिएको हो। गएको जेठको मध्यदेखि शुरू उद्धार उडानमार्फत् हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट पाँच हजार ५२७ जनाको उद्धार भएको छ। कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी पाँच हजार २४३, साउदी अरबबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३, कतारबाट दुई हजार ८८४ जनाको उद्धार गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ।
यस्तै, अफगानिस्तानबाट १८, अष्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ४९२, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलंकाबाट ५, सिंगापुरबाट १४६, हङकङबाट ८९, बहराइनबाट ५६७, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७ र चीनबाट १०५ जनालाई स्वदेश फर्काइएको हो। हिजो मात्रै विभिन्न मुलुकबाट एक हजार ३८१ जना स्वदेश फर्किएका छन्।
१५७ शव ल्याइयो
यसै, अवधिमा १५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ। विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४०६ जनामध्ये १४६ जनाको परिवारको सहमतिमा देशमा अन्त्येष्टि गरिएको छ। विदेशबाट अझै १०९ वटा शव नेपाल ल्याउन बाँकी रहेको एनआएनए कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन्।
" /> काठमाडौं। विदेशमा अलपत्र २६ हजार नेपालीको उद्धार गरिएको छ। सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३९६ नेपालीको उद्धार गरिएको हो।विभिन्न एअरलाइन्सका १४९ उडान उडानमार्फत् उनीहरूको उद्धार गरिएको हो। गएको जेठको मध्यदेखि शुरू उद्धार उडानमार्फत् हालसम्म संयुक्त अरब एमिरेट्स युएईबाट पाँच हजार ५२७ जनाको उद्धार भएको छ। कुवेतमा आममाफी पाएका र अन्य अलपत्र गरी पाँच हजार २४३, साउदी अरबबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३, कतारबाट दुई हजार ८८४ जनाको उद्धार गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ।

">