भक्तपुर। कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि हिजो कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित् क्वारेन्टाइनमा लगिएको छ।
कतार एअरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित् क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरूलाई भने सिधै क्वारेन्टाइन लगिएको हो । क्वारेन्टाइनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन्। रासस
" /> भक्तपुर। कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि हिजो कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित् क्वारेन्टाइनमा लगिएको छ।कतार एअरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित् क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।

">