काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दो छ। लकडाउन खुकुलो भएसँगै उपत्यकामा यसको जोखिम बढ्दै गएको हो। हिजो २६ असारमा मात्र काठमाडौं उपत्यकामा ४२ जना थपिएका छन्। जसमा काठमाडौं जिल्लामा मात्र २८ जना छन्। उपत्यकाका तीनवटै जिल्लामध्ये काठमाडौंमा जिल्लामा संक्रमितको संख्या निकै बढी छ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार २६ असारसम्म काठमाडौंमा जिल्लामा २५१ जना संक्रमित देखिएका छन्। तर, जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं ठेगाना भएका तथा बाहिरकागरी २९८ जना संक्रमित छन्। जनस्वास्थ्य कार्यालय काठमाडौंकी फोकल पर्सन नर्स अधिकृत पार्वती विष्टका अनुसार जनस्वाथ्य कार्यालयले काठमाडौंमा उपचार गराइरहेका सबैको विवरण उल्लेख गरिएको तर, प्रदेश सरकारले काठमाडौं ठेगाना भएकाको मात्र विवरण राख्दा फरक देखिएको बताइन्।
काठमाडौं महानगरमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। जसमा १२३ जना संक्रमित छन्। त्यस्तै चन्द्रागिरी नगरपालिकामा १२ जना छन्। बूढानीलकण्ठ नगरपालिका १३, टोखा नगरपालिका ९, कागेश्वरी नगरपालिका ९, तारकेश्वर नगरपालिका ६, गोकर्णेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिकामा ५/५ र नागार्जुन नगरपालिकामा १ जना संक्रमित देखिएका छन्।
अहिलेसम्म काठमाडौंका दुई नगरपालिका कोरोना संक्रमणमुक्त देखिएका छन्। जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका र शंखरापुर नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमित देखिएका छैनन्। काठमाडौं बाहिरको ठेगाना भएका तर, काठमाडौंमा संक्रमित भएका ११५ जना छन्। काठमाडौं महानगरका जोरपाटी, ठमेल क्षेत्रका ३–३ जना संक्रमित देखिएका छन्। त्यस्तै कलंकी, शंखमूल, नयाँबानेश्वर, बालाजु, रविभवन सुकेधारालगायतका क्षेत्रमा २–२ जना संक्रमित देखिएका छन्।
त्यस्तै गोगंबु, नक्साल, तिलगंगा, सिनामंगल, कोटेश्वर, वाफल, तिनकुने, बुद्धनगर, कुुलेश्वर, चुच्चेपाटी, बालुवाटार, बौद्ध लगायतका क्षेत्रमा एक/एक जना संक्रमित देखिएका छन्। काठमाडौं उपत्यका तिनै जिल्लामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी संक्रमण देखिएको छ। त्यस्तै, ललितपुरमा ८२ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दो छ। लकडाउन खुकुलो भएसँगै उपत्यकामा यसको जोखिम बढ्दै गएको हो। हिजो २६ असारमा मात्र काठमाडौं उपत्यकामा ४२ जना थपिएका छन्। जसमा काठमाडौं जिल्लामा मात्र २८ जना छन्। उपत्यकाका तीनवटै जिल्लामध्ये काठमाडौंमा जिल्लामा संक्रमितको संख्या निकै बढी छ।बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार २६ असारसम्म काठमाडौंमा जिल्लामा २५१ जना संक्रमित देखिएका छन्। तर, जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं ठेगाना भएका तथा बाहिरकागरी २९८ जना संक्रमित छन्। जनस्वास्थ्य कार्यालय काठमाडौंकी फोकल पर्सन नर्स अधिकृत पार्वती विष्टका अनुसार जनस्वाथ्य कार्यालयले काठमाडौंमा उपचार गराइरहेका सबैको विवरण उल्लेख गरिएको तर, प्रदेश सरकारले काठमाडौं ठेगाना भएकाको मात्र विवरण राख्दा फरक देखिएको बताइन्।

">