भक्तपुर। भक्तपुरवासी ऋषिराज बस्नेत ७८ वर्षका भए। उनलाई संस्कृति र सम्पदाप्रति विशेष लगाव छ। त्यसैले सम्पदा निर्माण कार्यमा श्रमदान गर्दै गर्दा उनी आफ्नो उमेर बिर्सन्छन र २५ वर्षे ठिटोझैँ जोसिन्छन्। सम्पदाका लागि श्रमदान भनेपछि शरीरमा जाँगर आफैं थपिने उनको अनुभव छ। बस्नेतले यसपटक पनि पूरै एक हप्ता न्यातपोल (पाँचतले मन्दिर) निर्माणमा श्रमदान गर्न भ्याए।
मौलिक धरोहर बनाउने काममा योगदान गर्न पाउँदा उनलाई गर्व लागेको छ। भन्छन्, “उमेरले डाँडामाथिको घाम हुदै गएँ। तर, नयाँ पुस्तालाई मठमन्दिर सही हालतमा हस्तान्तरण गर्नु मेरो पनि जिम्मेवारी हो।”
पुरातात्विक महत्वको न्यातापोल मन्दिर पुर्ननिर्माणमा श्रमदान गर्ने अर्की स्थानीय सम्झना प्रेमी एक गृहणी हुन्। घरको काम भ्याएर पाँचतले मन्दिर निर्माणमा पसिना बगाउँदा उनलाई थकाइ होइन, बरु थप उर्जा मिल्यो। “सम्पदा हाम्रो धरोहर हो। यसलाई बचाउन स्थानीय नै पर्याप्त हुन्छ। तर मन मिल्नु पर्छ,” देशका महत्वपूर्ण सम्पदा बचाउन राज्यका सरोकारवाला निकायभन्दा स्थानीयको भूमिका महत्वपूर्ण हुने उनको बुझाइ थियो, “पाँचतले मन्दिर पुर्ननिर्माणमा सबैभन्दा बढी महिलाहरूको सहभागिताले हामीलाई अझ खुशी बनाएको छ।”

सम्पदा पुर्ननिर्माणमा संघ, प्रदेश र विदेशीको मुख नताक्ने नगरपालिकाहरूमध्ये भक्तपुर नगरपालिकाको नाम पहिलोमा पंक्तिमा पर्दछ। यसको ज्वलन्त उदाहरण यही पाँचतले न्यातपोलको मन्दिर हो। एक साताअघि मात्र काम सम्पन्न भएको यस मन्दिर स्थानीयवासीको सक्रियतामै पुर्ननिर्माण गरिएको थियो।
भूकम्पपछि देशभरकै पुनर्निर्माण कार्यको स्थिति टिठलाग्दो छ। चार वर्ष भइसक्दा पनि पुनर्निर्माणका काम अलपत्र छन्। बनाउनुपर्ने जिम्मेवार निकाय पुर्ननिर्माण प्राधिकरण र नगरपालिकाहरू छन्। तर, काम प्रभावकारी रूपमा हुन सकिरहेको छैन। त्यसैले भक्तपुर नगरपालिकाले सम्पदा जीर्णोद्वारको काममा उपभोक्ता समिति र स्थानीयवासीलाई प्राथमिकतामा राख्यो।
स्थानीयवासीले पनि ‘आफ्नो सम्पदा, आफै बचाउ’को नारालाई व्यवहारम लागू गरे। चार हजार भन्दा बढी स्थानीयवासीको श्रमदान र १२ लाख ८० हजार सहयोगले पाँचतले मन्दिर समयमै निर्माण भयो। उल्लेखनीय कुरा त भक्तपुर नगरपालिकाले मन्दिर पुर्ननिर्माणका लागि छुट्याएको बजेट पनि सबै खर्च भएन। नगरपालिकाका कुनै पनि काम ठेक्कापट्टामा नहुने भएकाले उपभोक्ता समिति गठन गरी पुर्ननिर्माणका सबै काम नगरवासीको श्रमदानमै सम्पन्न भयो।

पाँचतले मन्दिर जीर्णोद्वारका लागि नगरपालिकाले ६५ लाख १३ हजार ३५८ रूपैयाँ बजेट छुट्याएको थियो। तर, स्थानीयवासीले गरेको निर्माण सामाग्रीको सहयोग, श्रमदान र १२ लाख ८० हजार रूपैयाँ नगदका कारण निकासा गरिएको बजेट आधा बाँकी नै छ। बाँकी पैसा उपभोक्ता समितिले नगरपालिकालाई फिर्ता पनि गरिसकेको छ।
अन्य पुनर्निर्माण जस्तै सम्पदाको हकमा पनि ठेक्कामा गए यसको मौलिकता गुम्ने खतरा रहेका कारण उपभोक्ता समितिमार्फत् स्थानीयलाई जिम्मा दिइएको भक्तपुर नगरपालिकाका मेयर प्रजापति बताउँछन्। “हामीले ठेक्कापट्टामा सम्पदा पुनर्निर्माण र जीर्णोद्वार गर्नु हुँदैन भनेर शुरूदेखि नै भन्दै आएका छौं” उनी भन्छन, “उपभोक्ता समिति वा स्थानीयलाई सम्पदा निर्माणमा लगाए अपनत्व गुम्दैन। त्यसैले स्थानीयवासी हाम्रो प्राथमिकता हुन्।”
“सम्पदा जहिल्यै संस्कृतिसँग जोडिएको हुन्छ। काठमाडौं उपत्यकाको परिचय यहाँको संस्कृति र सम्पदासँग जोडिएको छ। संस्कृति र सम्पदाको बचाउ गर्न विदेशीको अनुदान भन्दा स्थानीयको श्रमदान महत्वपूर्ण हुन्छ,” मेयर प्रजापतिले थपे, “त्यसैले हामीले सम्पदा पुर्ननिर्माणका लागि जर्मन सरकारले दिएको एक अर्ब २० करोड अनुदानको रकम अस्वीकार गर्याैँ।”
आफ्नो स्वाभिमान गुम्न नदिने उदेश्यका साथ जर्मन अनुदान अस्वीकार गरेको उनी बताउँछन्। भन्छन्, “हाम्रो कला र संस्कृति हाम्रै पुर्खाले सिर्जेको सम्पत्ति हो। यही भावनाले सम्पदा जोगाउने काममा लाग्दा हामीलाई प्रेरणा मिल्छ। भक्तपुरलाई सकेसम्म पुरानो शैलीमा ढालेर, सम्पदा र संस्कृतिको आधारमा आम्दानी सिर्जना गर्ने हाम्रा भावी योजना हुन्।”
" /> भक्तपुर। भक्तपुरवासी ऋषिराज बस्नेत ७८ वर्षका भए। उनलाई संस्कृति र सम्पदाप्रति विशेष लगाव छ। त्यसैले सम्पदा निर्माण कार्यमा श्रमदान गर्दै गर्दा उनी आफ्नो उमेर बिर्सन्छन र २५ वर्षे ठिटोझैँ जोसिन्छन्। सम्पदाका लागि श्रमदान भनेपछि शरीरमा जाँगर आफैं थपिने उनको अनुभव छ। बस्नेतले यसपटक पनि पूरै एक हप्ता न्यातपोल (पाँचतले मन्दिर) निर्माणमा श्रमदान गर्न भ्याए।मौलिक धरोहर बनाउने काममा योगदान गर्न पाउँदा उनलाई गर्व लागेको छ। भन्छन्, “उमेरले डाँडामाथिको घाम हुदै गएँ। तर, नयाँ पुस्तालाई मठमन्दिर सही हालतमा हस्तान्तरण गर्नु मेरो पनि जिम्मेवारी हो।”

">