काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड २३ लाख ७८ हजार ७८८ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ५६ हजार ५८५ जनाले ज्यान गुमाइसकेका छन्।
विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ७१ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ४६ लाख ३९ हजार ८०९ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।
नेपालमा हालसम्म १६ हजार ५३१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ३५ जनाको मृत्यु भइसकेको छ भने सात हजार ८९१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।
वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म ३२ लाख १९ हजार ९९४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ३५ हजार ८०८ जनाको मृत्यु भएको छ।
ब्राजिलमा कोरोना संक्रमित १७ लाख ५९ हजार १०३ जना पुगेका छन्, जसमध्ये ६९ हजार २५४ जनाको मृत्यु भइसकेको छ।
भारतमा कोरोना संक्रमितको संख्या सात लाख ९४ हजार ८५५ पुगेको छ। भारतका संक्रमितमध्ये २१ हजार ८०३ जनाको मृत्यु भइसकेको छ।
रूसमा सात लाख सात हजार ३०१ जना कोरोना संक्रमित रहेकोमा १० हजार ८४३ जनाले ज्यान गुमाइसकेका छन्।
बेलायतमा कोरोना संक्रमितको संख्या दुई लाख ८७ हजार ६२१ जना पुगेको छ, जसमध्ये ४४ हजार ६०२ जनाको मृत्यु भएको छ।
विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, भारत, रूस, पेरू, चिली, स्पेन, बेलायत, मेक्सिको, इरान तथा इटाली रहेका छन्। कोरोना भाइरस शुरू भएको चीन भने कूल संक्रमित संख्याको आधारमा २३ औं स्थानमा छ। चीनमा कूल संक्रमितको संख्या जम्मा ८३ हजार ५८१ पुगेको छ भने चार हजार ६३४ जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा नयाँ कोरोना संक्रमण शून्यको अवस्थामा रहेको छ।
विश्वभर कोरोना नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउन पछिल्लो समय केही खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या झन् बढिरहेको छ।
" /> काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड २३ लाख ७८ हजार ७८८ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख ५६ हजार ५८५ जनाले ज्यान गुमाइसकेका छन्।विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ७१ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ४६ लाख ३९ हजार ८०९ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

">