काठमाडौं। १७ असारमा काठमाडौंको एक निजी अस्पतालमा कोरोना संक्रमित ८५ वर्षीय बृद्धको मृत्यु भयो। उनको कोरोना भाइरस परीक्षणका लागि पीसीआर नमूना प्रयोगशाला पठाइएको थियो। प्रयोगशालाबाट १८ असारमा रिपोर्ट आयो। जुन रिर्पोट स्वास्थ्य मन्त्रालय हुँदै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत जनस्वास्थ्य कार्यालय काठमाडौंसम्म पुग्यो।
जनस्वास्थ्य कार्यालयकी कोभिड–१९ फोकल पर्सन पार्वती विष्टको हातमा १९ असारमा रिपोर्ट पुग्यो। रिपोर्ट पुगेलगत्तै उनले सम्बन्धित विरामीलाई टेलिफोन सम्पर्क गरिन्। फोनमा उनले भनिन्, “तपाईं ...विरामी हो ? तपाईको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।”
तर, उताबाट जवाफ आयो, “हजुरबुबा त अस्ति नै स्वर्गवास भइसक्नुभयो।” त्यस्तो जवाफ आएपछि उनी निसव्द बनिन्।
यो उदाहरणले कोभिड–१९ महामारी नियन्त्रणमा संयन्त्र कति लोसे छ भन्ने देखाउँछ। कोभिड–१९ महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकलअनुसार प्रयोगशालाबाट कुनै पनि व्यक्तिको रिपोर्ट आएपछि सोझै उसलाई खवर गरिन्न। पाँच चरण पार गरेपछि मात्र प्रयोगशालाबाट निस्केको रिपोर्ट सम्बन्धित विरामीसम्म पुग्छ। हाल देशभर गरी २५ वटा प्रयोगशालामा कोरोना भाइरसको पीसीबर विधिबाट परीक्षण गरिन्छ।
पहिलो चरणमा रिपोर्ट सबभन्दा पहिला स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईमा पठाइन्छ। सबै प्रयोगशालाले पछिल्लो २४ घण्टाको परीक्षण रिपोर्ट प्रत्येक दिन दिउँसो २ बजेभित्र इकाईमा पठाइसक्नुपर्छ।
दोस्रो चरणमा इकाईले देशभरका सबै प्रयोगशालाबाट आएका रिपोर्टलाई ‘कम्पाइल’ गरेपछि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रत्येक दिन सवा ४ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छन्।
तेस्रो चरणमा इकाईले सबै रिपोर्टहरु सम्बन्धित प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखामा पठाउँछ।
चौथो चरणमा महाशाखाले विरामीको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई रिपोर्ट पठाउँछ। त्यसपछिमात्र पाँचौं चरणमा जनस्वास्थ्य कार्यालयले रिपोर्ट सम्बन्धित विरामी, उनका आफन्त र उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई जानकारी गराउँछ।
काठमाडौंका ती वृद्धको मृत्यु भएको दुई दिनपछि रिपोर्ट थाहा हुनुका पछाडि पनि यही प्रोटोकल कारक देखिन्छ। पाँच चरणको प्रशासनिक प्रक्रिया पूरा गरिसकेपछि कसैको पोजेटिभ देखिए सम्बन्धित स्थानीय तह छुट्याएर पालिकास्तरमा गठित टोलीबाट कन्ट्याक्ट ट्रेसिङको काम थालिन्छ। जसका कारण भाइरसको समुदायस्तरमा संक्रमण फैलिन सक्ने जोखिम बढ्ने विज्ञहरू बताउँछन्। पोजेटिभ देखिएको मानिसको पनि समयमा जानकारी नपाउँदा उपचारमा ढिलाई हुने र स्वास्थ्य जोखिम बढ्ने गरेको छ।
प्रकृयामा समस्या भएको स्वीकार
प्रयोगशालाबाट सिधै सम्बन्धित व्यक्तिसम्म रिपोर्ट पुर्याउनुको साटो झण्झटिला र लम्बेतान प्रोटोकल बनाइनु गलत भएको सम्बन्धित अधिकारीहरू पनि स्वीकार्छन्।
सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशका कोभिड–१९ प्रवक्ता वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाई तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी काम गर्दै जाँदा कमजोरी भएको र तिनलाई सुधार्दै अघि बढेको बताउँछन्।
डा.सेढाई भन्छन्, “मन्त्रालयदेखि जिल्लासम्म रिर्पोटिङका क्रममा केही कमजोरी छन्। हामीले सुधार गर्दैै आएका छौं। अहिले हामीले जतिसक्दो चाँडो जिल्लालाई मेल गर्न थालेका छौं।”
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले काम गर्ने सिलसिलामा देखिएका कमिकमजोरी सुधार गर्दै अगाडि बढिरहेको बताए। “महामारीका बेला काम गर्दा हामीलाई पनि सबै कुरा जानकारी हुँदैन। काम गर्दै जाँदा देखिएका कमिकमजोरी सुधार गर्दै गएका छौं,” डा. अधिकारीले भने, “जति सक्दो चाँडो स्वास्थ्य कार्यालय मार्फत विरामीसम्म पुग्नुपर्छ। हामी त्यसलाई जति सक्दो चाँडो गर्नका लागि छलफल गर्दै अगाडि बढिरहेका छौं।”
" /> काठमाडौं। १७ असारमा काठमाडौंको एक निजी अस्पतालमा कोरोना संक्रमित ८५ वर्षीय बृद्धको मृत्यु भयो। उनको कोरोना भाइरस परीक्षणका लागि पीसीआर नमूना प्रयोगशाला पठाइएको थियो। प्रयोगशालाबाट १८ असारमा रिपोर्ट आयो। जुन रिर्पोट स्वास्थ्य मन्त्रालय हुँदै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत जनस्वास्थ्य कार्यालय काठमाडौंसम्म पुग्यो।जनस्वास्थ्य कार्यालयकी कोभिड–१९ फोकल पर्सन पार्वती विष्टको हातमा १९ असारमा रिपोर्ट पुग्यो। रिपोर्ट पुगेलगत्तै उनले सम्बन्धित विरामीलाई टेलिफोन सम्पर्क गरिन्। फोनमा उनले भनिन्, “तपाईं ...विरामी हो ? तपाईको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।”

">