काठमाडौं। नेपालमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षणको दायरा बढाउन निरन्तर दवाव बढ्दो छ। कोरोना भाइरस संक्रमण विश्वव्यापीरूपमा फैलने शुरूआती चरणमा नेपालमा एउटा मात्र ल्याबबाट पीसीआर परीक्षण हुन्थ्यो। आजसम्म आइपुग्दा यहाँ २५ वटा ल्याबमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण भइरहेको छ।
पीसीआर विधिबाट कोरोना परीक्षण कमैमात्र भएको भन्दै आलोचना भइरहँदा सार्कका धेरै मुलुकहरूको दाँजोमा भने नेपालमा परीक्षणको अवस्था राम्रो छ। प्रति दशलाख जनाको पीसीआर परीक्षणमा नेपाल सार्कका मुलुकहरूमा राम्रो अवस्थामा रहेको देखिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डक्टर जागेश्वर गौतमका अनुसार नेपालमा प्रति दश लाखमा नौ हजार १५६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
नेपालपछि प्रति दश लाख जनाको पीसीआर परीक्षणमा भारतमा ७ हजार ५८८, पाकिस्तानमा ६ हजार ६४०, बङ्गलादेशमा पाँच हजार ४१६, श्रीलङ्कामा पाँच हजार ३५९ र अफगानिस्तानमा एक हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको छ।
त्यस्तै झन्डै पौने ८ लाख जनसंख्या रहेको भुटानमा २६ हजार १२८ जना र झन्डै साढे पाँच लाख जनसंख्या रहेको मालदीभ्समा ५७ हजार ६ सय ११ जनाको परीक्षण भएको वर्ल्डमिटरको विवरणमा उल्लेख छ (आरडिटीसमेत)।
वर्ल्डमिटरको विवरण अनुसार ८० जना संक्रमित रहेको भुटानमा कोरोनाका कारण कसैको मृत्यु भएको छैन भने दुई हजार ५०१ संक्रमित रहेको मालदीभ्समा १२ जनाले ज्यान गुमाएका छन्।
नेपालमा हालसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर परीक्षण भइसकेको छ। चौतर्फी दवावपछि स्वास्थ्य मन्त्रालयले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने उद्घोष गरेको थियो। तर त्यो पूरा भएको छैन। पछिल्लो समय पीसीआर परीक्षणको दैनिक दर उल्टै घटेको छ। २४ घण्टा यता चार हजार ६९६ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
परीक्षणको दायरा बढाउने उद्घोषपछि उल्टै कम परीक्षण हुँदैगर्दा स्वास्थ्य मन्त्रालयले सार्क मुलुकहरूसँग तुलना गरेर यहाँको अवस्था राम्रो रहेको विश्वास दिलाउने प्रयास गरेको हो।
पछिल्लो विवरणअनुसार नेपालमा १६ हजार ४२३ जना सङ्क्रमित भएका छन्। जसमध्ये सात हजार ७५२ जना निको भई घर फर्किसकेका छन्। कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३५ पुगेको छ। जुन प्रति दश लाख जनसंख्यामा १ जना हो।
प्रवक्ता डा गौतमका अनुसार प्रति दश लाखमा अफगानिस्तानमा २४, बङ्गलादेशमा १३, श्रीलङ्कामा ०.५, पाकिस्तानमा २२ र भारतमा १५ जनाको मृत्यु भएको छ।
प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४५७ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भइसकेको छ। हाल क्वारेन्टिनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना छन्।
हालसम्म डिस्चार्ज भएकाको सङ्ख्या सात हजार ७५२ रहेको छ। जम्मा सङ्क्रमितमध्ये ४७ दशमलव ०२ प्रतिशत निको भएको पनि गौतमले जानकारी दिए।
" /> काठमाडौं। नेपालमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षणको दायरा बढाउन निरन्तर दवाव बढ्दो छ। कोरोना भाइरस संक्रमण विश्वव्यापीरूपमा फैलने शुरूआती चरणमा नेपालमा एउटा मात्र ल्याबबाट पीसीआर परीक्षण हुन्थ्यो। आजसम्म आइपुग्दा यहाँ २५ वटा ल्याबमा पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण भइरहेको छ।पीसीआर विधिबाट कोरोना परीक्षण कमैमात्र भएको भन्दै आलोचना भइरहँदा सार्कका धेरै मुलुकहरूको दाँजोमा भने नेपालमा परीक्षणको अवस्था राम्रो छ। प्रति दशलाख जनाको पीसीआर परीक्षणमा नेपाल सार्कका मुलुकहरूमा राम्रो अवस्थामा रहेको देखिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डक्टर जागेश्वर गौतमका अनुसार नेपालमा प्रति दश लाखमा नौ हजार १५६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

">