सुदूरपश्चिममा थप नाै जनामा कोरोना पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप नाै जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप नाै जनामा कोरोना पुष्टि भएको हाे।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठका अनुसार आठ पुरुष र एक महिला गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएकामा डोटीका चार जना र कञ्चनपुरका पाँच जना छन्।