काठमाडौं। हामीमध्ये अधिकांश अहिले पनि घरभित्रै छौं। कतिपय कार्यालय र शिक्षण संस्थाहरू अझै बन्द नै छन्। घरभित्रै बस्नुपर्दा हाम्रा थुप्रै कामहरू रोकिएका छन्। आम्दानीका बाटोहरू बन्द भएका छन् भने विद्यार्थीको भविष्यमाथि प्रश्नचिह्न लागेको छ। यो प्रश्नचिह्नले कहिले उत्तर पाउने हो यसै भन्न सकिन्न।
घाटाका तथ्याङ्क थुप्रै छन्, त्यसलाई सन्तुलन मिलाउन हामीले आगामी दिनमा कठोर मेहनत गर्नुपर्नेछ। तर, यस्ता महामारीले मानिसलाई घाटामात्रै गर्दैनन्, कतिपय सवालमा पाठ पनि सिकाउँछन् र नजानिँदा ढङ्गमा फाइदा पनि पुर्याइरहेको हुन्छ। कोभिड–१९ को महामारीपछि संसारभर नै बिरामीको सङ्ख्यामा कमी आएको छ। यसले गर्दा औषधिको बिक्री स्वाट्टै घट्न पुगेको छ। विशेषगरी एन्टिबायोटिकको प्रयोगमा उल्लेखनीय रूपमा कमी आएको छ। पेट दुख्ने, रुघाखोकी, ज्वरो आउने र अन्य स्वासप्रस्वासम्बन्धी रोग निकै कम हुन थालेको छ। पेनकिलरको प्रयोगमा पनि निकै कमी आएको औषधि बिक्रेताहरू बताउँछन्।
लकडाउनका कारण सवारीसाधन निकै कम चलेका छन् भने रेस्टुराँहरू अधिकांश बन्द छन्। मानिसहरू घरबाट निस्कनै कम भएका कारण रेस्टुराँमा खाने क्रम घटेको छ। घरमै बनेको खानेकुरा खानाले थुप्रैखाले रोग लाग्न पाएको छैन।
प्रश्न उठ्छ– यो महामारीमा कसरी मानिसहरू कम बिरामी हुन थालेका होलान् ? कतिपय चिकित्सकको भनाइमा स्वच्छ वातावरण र बाहिरको खाना नखानाले मानिस निरोगी भएका हुन्। लकडाउनका कारण सवारीसाधन निकै कम चलेका छन् भने रेस्टुराँहरू अधिकांश बन्द छन्। मानिसहरू घरबाट निस्कनै कम भएका कारण रेस्टुराँमा खाने क्रम घटेको छ। घरमै बनेको खानेकुरा खानाले थुप्रैखाले रोग लाग्न पाएको छैन।
लकडाउनको यो समयमा औषधिको आपूर्तिमा कमी आएको छैन। औषधि उत्पादन तथा ढुवानीलाई हरेक देशका सरकारले खुल्ला राखेका छन्। नेपालमा कोरोनाका शुरूआती चरणमा कडा ढङ्गमा गरिएको लकडाउनमा पनि औषधि बिक्रीवितरणमा कुनै नियन्त्रण गरिएको थिएन। तर, घट्दै गएको एन्टिबायोटिकका साथै अन्य कतिपय औषधिको बिक्री अहिले पनि बढेको छैन। भारतका साथै युरोप–अमेरिकी मुलुकमा समेत कोरोना सङ्क्रमणका कारण अङ्गिकार गरिएको लकडाउन अवधिमा औषधि बिक्री कम भएको बीबीसीले उल्लेख गरेको छ।
नेपालको अवस्था पनि त्यस्तै छ। कतिपय मेडिकल सञ्चालकहरू विगत तीन महीनादेखि औषधि बिक्री निकै घटेको बताउँछन्। तीनकुनेस्थित् गरिमा मेडिकल हलका सञ्चालक विष्णु घर्ती भन्छन्, ‘‘पहिलाको तुलनामा आधा औषधि पनि बिक्री हुँदैन। मानिसहरूलाई यतिखेर औषधिको प्रयोग आवश्यक परिरहेको छैन। विभिन्न कारणले मानिसहरू क्रमशः निरोगी बन्दै गएका हुन्जस्तो लाग्छ।’’ उनका अनुसार एन्टिबायोटिकको बिक्रीमा सबैभन्दा बढी गिरावट आएको छ।
सानातिना रोग लाग्दा पनि मानिसहरू औषधि सेवन गर्थे, तर अहिले आएर सानातिना रोग लाग्ने क्रम नै कम देखिएको छ। उच्च रक्तचाप, मधुमेहलगायतका रोगका बिरामीले नियमित खानुपर्ने औषधि बिक्री भए पनि अन्य पेनकिलर, सिटामोल, एन्टासिडजस्ता औषधि कम बिक्न थालेका छन्।
नेपाललगायत कतिपय देशका अस्पतालमा अहिले बिरामीको चाप कम छ। मानिसहरू सामान्य रोग लाग्दा अस्पताल नगई घरेलु उपचार गर्न थालेका छन्। अस्पताल जाँदा कोरोनाका डर एकातिर छ भने अर्कोतिर विशेषज्ञ चिकित्सक उपलब्ध हुन कठिन छ। अहिले निजी क्लिनिक र मेडिकल पसलहरू नै पनि कम खुलेका छन्।
कोरोनाका कारण मानिसहरू इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) कसरी बढाउने भन्ने ध्याउन्नमा लागेका छन्। यसले पनि बिरामी हुने क्रम घटेको छ।
विगतमा सामान्य रोग लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्न सुझाव दिने चिकित्सकहरूले कोरोना सङ्क्रमणपछि त्यसो गर्न छाडेका छन्। कोरोना सङ्क्रमण बढ्दै जाँदा सकेसम्म एन्टिबायोटिक प्रयोग नगर्न सल्लाह दिने गरेको पाइएको छ। चिकित्सकहरूका अनुसार मानिसहरू जब कोरोनाको संक्रमण बढ्छ भन्ने चिन्ता लाग्न थाल्यो त्यसपछि व्यक्तिगत स्वास्थ्यका साथै सफाइमा पनि ध्यान दिन थालेका छन्। कोरोनाले मानिसलाई खानपानको अनुशासन पनि सिकाइदिएको छ। खानपान उचित हुनाले धेरै प्रकारको रोग शरीरमा प्रवेश गर्न पाएनन्। कोरोनाको डरले अहिले मानिसहरू बाहिर निस्कँदा मास्कको प्रयोग गर्छन्। मास्कले थुप्रैखालका सरुवा रोग नियन्त्रण हुन पुगेको छ। इन्फेक्सनको समस्या कम हुँदै गएको छ। साबुनपानीले मिचिमिची हात धुँदा र मास्क प्रयोग गर्दा रुघाखोकी, ज्वरो तथा भाइरल फ्लुबाट मानिसहरू जोगिएका छन्।
पछिल्ला तीन महीनादेखि मानिसहरू घरबाहिरका खानेकुरा खानबाट वञ्चित छन्। घरमै बनेको ताजा तथा स्वस्थ खानेकुरा खाइरहेका छन्। यसले चिल्लो, पिरो, बासी तथा अन्य हानिकारक मसला शरीरमा पस्न पाएको छैन। यही कारण पनि मानिस स्वस्थ बन्न पुगेका छन्। त्यतिमात्र होइन, कोरोनाका कारण मानिसहरू इम्युनिटी पावर (रोग प्रतिरोधात्मक क्षमता) कसरी बढाउने भन्ने ध्याउन्नमा लागेका छन्। यसले पनि बिरामी हुने क्रम घटेको छ।
विगतमा जस्तो मानिसहरूमा हतार छैनन् अचेल। सामान्य रोग लाग्दा पनि कडा औषधि प्रयोग गरेर छिटो निको हुने र काममा जाने हतारबाट मानिसलाई लकडाउनले जोगाएको छ। त्यसकारण पनि औषधि प्रयोगको क्रम घट्न पुगेको छ। यति हुँदाहुँदै पनि लामो समयको लकडाउन र भविष्यप्रतिको अनिश्चितताले कतिपय मानिस यही अवधिमा डिप्रेसनको सिकार बनेका छन्। तिनका निम्ति औषधि मात्र होइन, परामर्शको पनि उत्तिकै आवश्यकता छ।
महामारीपछिको विश्व अवश्य पनि सुखद र उज्यालो हुने विश्वास गर्न सक्दा मनोविज्ञान बलियो बन्छ। कतिपय मानसिक रोग हामी आफैं निम्त्याइरहेका हुन्छौं भने त्यसको सफल उपचार पनि स्वयंले गर्नुपर्छ भन्ने कुरा बिर्सिरहेका हुन्छौं। ‘म बिरामी हुन्नँ’ भन्ने विश्वास मनमा दरो पार्न सक्नुपर्छ।
जीवनमा आइपर्ने कल्पनातीत सङ्कटले मानिसलाई कमजोर पार्न सक्छ। तर, सङ्कटको पनि एउटा अवधि हुन्छ, त्यो अवधिपछि सकस किनारा लागिहाल्छ। मनोविज्ञान कमजोर हुन लागेका मानिसले परिवार र शुभचिन्तकसँग बढी घुलमिल गर्नुपर्ने मनोविद्हरू बताउँछन्। आफूलाई लागेको कुरा खुलस्त बताउँदा यस्ता समस्या नियन्त्रण हुने उनीहरूको भनाइ छ। महामारीपछिको विश्व अवश्य पनि सुखद र उज्यालो हुने विश्वास गर्न सक्दा मनोविज्ञान बलियो बन्छ। कतिपय मानसिक रोग हामी आफैं निम्त्याइरहेका हुन्छौं भने त्यसको सफल उपचार पनि स्वयंले गर्नुपर्छ भन्ने कुरा बिर्सिरहेका हुन्छौं। ‘म बिरामी हुन्नँ’ भन्ने विश्वास मनमा दरो पार्न सक्नुपर्छ।
यतिखेर मानिसहरूले आफ्नो जीवनशैलीमा परिवर्तन गर्दै गएका छन्। स्वच्छ हावापानी, स्वस्थकर खानपान, प्रशस्त आराम, योगध्यानका लागि पर्याप्त समय, पारिवारिक मिलनजस्ता अवसरले मानिसलाई निरोगी बनाउँदै लगेको छ। यस्तो अवसर सम्भवतः यो पुस्ताले यसअघि कहिल्यै पाएको थिएन।
" /> काठमाडौं। हामीमध्ये अधिकांश अहिले पनि घरभित्रै छौं। कतिपय कार्यालय र शिक्षण संस्थाहरू अझै बन्द नै छन्। घरभित्रै बस्नुपर्दा हाम्रा थुप्रै कामहरू रोकिएका छन्। आम्दानीका बाटोहरू बन्द भएका छन् भने विद्यार्थीको भविष्यमाथि प्रश्नचिह्न लागेको छ। यो प्रश्नचिह्नले कहिले उत्तर पाउने हो यसै भन्न सकिन्न।घाटाका तथ्याङ्क थुप्रै छन्, त्यसलाई सन्तुलन मिलाउन हामीले आगामी दिनमा कठोर मेहनत गर्नुपर्नेछ। तर, यस्ता महामारीले मानिसलाई घाटामात्रै गर्दैनन्, कतिपय सवालमा पाठ पनि सिकाउँछन् र नजानिँदा ढङ्गमा फाइदा पनि पुर्याइरहेको हुन्छ। कोभिड–१९ को महामारीपछि संसारभर नै बिरामीको सङ्ख्यामा कमी आएको छ। यसले गर्दा औषधिको बिक्री स्वाट्टै घट्न पुगेको छ। विशेषगरी एन्टिबायोटिकको प्रयोगमा उल्लेखनीय रूपमा कमी आएको छ। पेट दुख्ने, रुघाखोकी, ज्वरो आउने र अन्य स्वासप्रस्वासम्बन्धी रोग निकै कम हुन थालेको छ। पेनकिलरको प्रयोगमा पनि निकै कमी आएको औषधि बिक्रेताहरू बताउँछन्।

">