काठमाडौं। नेपालमै ६ महीना अगाडि सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा दीपक हमालमा खुशीको सीमा थिएन। उनले लामो संघर्षपछि त्यो सफलता हासिल गरेका थिए। दीपकको यो पहिलो साग थियो। पहिलो सागमै उनले स्वर्ण पदक जितेका थिए। स्वर्ण पदकसँगै उनले निरन्तर मिहिनेत गर्यो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपाली खेल क्षेत्रमा स्थापित गरेका थिए। दीपकले उसुमा संघर्ष गरेको झन्डै एक दशक हुन लागेको थियो। तर, ठूलो प्रतियोगितामा सफलता हात पार्न सकेका थिएनन्।
लामो समयको मिहिनेतले फल नदिँदा दीपकले हरेश खाएका थिएनन्। बरु उनका साथीभाई र आफन्तको धैर्य टुटिसकेको थियो। त्यसैले त आफन्त र साथीहरूले ‘खेल्न छाडेर विदेश जाने’ सल्लाह दिएका थिए। तर, दीपक स्वयम् भने मिहिनेत, लगनशिलता र निरन्तरता भए सफलता पाउनेमा विश्वस्त थिए।
“८/९ वर्ष भइसक्यो। त्यस्तो ठूलो उपलब्धि हासिल भइसकेको थिएन। प्रशिक्षणबाट फर्किदा साथीहरू ‘ए तँ अझै उसु खेल्दैछस?’ भनेर गिज्याउँथे। साथीहरूले ‘कति उसु खेल्छस्। अब आफ्नो करिअरमा ध्यान दे। बरू विदेश जा’ भनेर सुझाव दिन्थे,” दीपकले संघर्षका दिन सम्झिए।

नेपाली खेलकुदमा खेलेरै जीवन चलाउन सकिन्छ भन्ने विश्वासको वातावरण अझै पनि बनिसकेको छैन। फुटबल, क्रिकेट लगायतका केही सीमित खेलका सीमित खेलाडीबाहेक अझै पनि खेलाडीको जीवनस्तर कष्टकर नै छ। त्यसकारण पनि दीपकलाई साथीहरूले खेल्नभन्दा करिअरमा ध्यान दिन सुझाएका थिए।
“उसुमात्र होइन, नेपालमा समग्रमै खेललाई करिअर मानिदैन। खेलेरै खान सकिने वातावरण अझै बनिसकेको छैन,” दीपकले भने, “सबैको आ–आफ्नो सोंच हुन्छ। कसैको पैसा कमाउने, कसैको के कमाउने। खेलमा पैसा नभए पनि नाम कमाउन सकिन्छ भन्ने विश्वास थियो। पदक जित्न सकेँ भने केही राम्रो हुन्छ भन्ने थियो। विदेश नै जान परे पनि पछि जाउँला भनेर मैले खेललाई निरन्तरता दिएँ। त्यसको फल अहिले मिलेको छ।”
दीपकले लाहुरेमा भर्ति हुने प्रयास पनि गरेका थिए। सुर्खेतको छिन्छुमा जन्मिएका दीपक २०६५ मा एसएलसी दिएर काठमाडौं आए। डिल्लीबजारस्थित् एनआईसी कलेजबाट १२ कक्षाको परीक्षा दिएपछि दीपक ब्रिटिस आर्मीमा भर्ती हुने उद्देश्य बोकेर पोखरा गए। पोखरामा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गर्ने थुप्रै इन्सिच्युटहरू थिए। दीपकले उतै बसेर तयारी थाले।

तर, सफल भएनन्। निराश भएर फर्किएका दीपकले त्यसपछि मात्र हो, उसु खेल्न थालेको। हुन त उनलाई उसुले पहिले नै प्रभावित गरेको थियो। भन्छन्, “मलाई विशेष गरी उसुमा प्रयोग हुने हतियारहरूले प्रभावित गरेको थियो। त्यसैले व्यक्तिगत रूपमा अभ्यास गर्दै फेरि भर्ति हुन जाने भनेर उसुमा प्रशिक्षण थालेको थिएँ।”
ब्रिटिस आर्मी हुने दीपकको दोस्रो प्रयास पनि सफल भएन। त्यसपछि उनी पूर्ण रूपमा उसुमै केन्द्रित भए। उसु प्रशिक्षणमा भर्ना हुँदा उनले पदक जित्ने कुनै आशा गरेका थिएनन्। उसु सिकाईलाई उनले ब्रिटिस आर्मीमा भर्ती हुने तयारीका रूपमा मात्र लिएका थिए। तर, खेलमा लत लागेपछि उनले उसु छाड्न सकेनन्।
२०६८ मा प्रकाश लामाले दीपकलाई उसु सिकाएका हुन्। उनलाई उसुमा थाउलो, सान्दा, नान्कुन, नान्छ्वान भनेको के हो केही थाहा थिएन। “गुरूले मेरो शरिर र प्रदर्शन हेरर थाउलो (प्रदर्शनी काँता) खेल्न सुझाव दिनुभयो। मलाई त केही थाहा थिएन। उहाँले थाउलो खेल्दा राम्रो हुन्छ। थोरे मिहिनेत गरे पनि धेरै माथि आउन सकिन्छ भनेर भन्नु भयो। मैले त्यही गरेँ,” दीपकले भने।
प्रशिक्षक लामाकै करमा दीपकले नवौं उसु च्याम्पियनसिप खेलेका थिए। त्यसमा उनले चौंथो स्थान हासिल गरे। १२औं सागको छनोटमा उनी युवराज थापासँग पराजित भएका थिए। तर, दुई वर्षपछि दीपकले युवराजलाई नै हराएर १३औं सागमा स्थान पक्का गरे। गएको मंसिरमा नेपालमै सम्पन्न १३औं सागमा २६ वर्षे दीपकले स्वर्ण पदक जिते।

उनी भन्छन्, “सागमा स्वर्ण पदक जित्नु नेपाली खेलाडीको सपना हुन्छ। त्यो सपना पूरा भएको छ। खुशी व्यक्त गर्न मसँग कुनै शब्द छैन। लामो समय मिहिनेत गरेको फल मिलेको छ।” उनको लक्ष्य अब भारतको दिल्लीमा २०२० डिसेम्बरमा हुने एशियन च्याम्यिनसिपमा पदक जित्ने छ। तर, कोभिड–१९ का कारण उक्त प्रतियोगिता हुने–नहुने निश्चित भइसकेको छैन। दीपकको अर्को लक्ष्य एशियाली खेलकुदमा पदक जित्ने हो।
तर, कोभिड–१९ का कारण गएको ४ चैतबाट नेपालमा खेलकुद गतिविध ठप्प छ। पहिल्लो समय व्यक्तिगत स्पर्धाका खेलहरूको प्रशिक्षण शुरू भएका छन्। तर, उसुको भने अझै प्रशिक्षण शुरू भएको छैन। अहिले सुर्खेतमै रहेका दीपक भन्छन्, “घरमै बसेर दैनिक एक घन्टा वर्कआउट गरिरहेको छु। अब रंगशाला कहिले खुल्छ भन्ने पर्खाइमा छु।”
तस्वीरहरू : दीपक हमाल।
" /> काठमाडौं। नेपालमै ६ महीना अगाडि सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा दीपक हमालमा खुशीको सीमा थिएन। उनले लामो संघर्षपछि त्यो सफलता हासिल गरेका थिए। दीपकको यो पहिलो साग थियो। पहिलो सागमै उनले स्वर्ण पदक जितेका थिए। स्वर्ण पदकसँगै उनले निरन्तर मिहिनेत गर्यो भने सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण नेपाली खेल क्षेत्रमा स्थापित गरेका थिए। दीपकले उसुमा संघर्ष गरेको झन्डै एक दशक हुन लागेको थियो। तर, ठूलो प्रतियोगितामा सफलता हात पार्न सकेका थिएनन्।लामो समयको मिहिनेतले फल नदिँदा दीपकले हरेश खाएका थिएनन्। बरु उनका साथीभाई र आफन्तको धैर्य टुटिसकेको थियो। त्यसैले त आफन्त र साथीहरूले ‘खेल्न छाडेर विदेश जाने’ सल्लाह दिएका थिए। तर, दीपक स्वयम् भने मिहिनेत, लगनशिलता र निरन्तरता भए सफलता पाउनेमा विश्वस्त थिए।

">