कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ६५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक २३ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगञ्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा हिजोसम्ममा तीन हजार ६५० जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामा ८४५ जना महिला र दुई हजार ८०५ जना पुरूष रहेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ९६७, कञ्चनपुरमा ४२८, डडेलधुरामा २६९, डोटीमा ५२१, अछाममा ५७०, बाजुरामा ४४४, बैतडीमा २९५, बझाङमा १३९ र दार्चुलामा १७ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये ९३८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । त्यस्तै प्रदेशका विभिन्न अस्पतालमा १०३ जना कोभिड–१९ का बिरामीहरू आइसोलेसनमा उपचाररत छन्। प्रदेशभरीमा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र बझाङका एक जना रहेका छन्।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ६५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक २३ असार रातिसम्मको हो।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगञ्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा हिजोसम्ममा तीन हजार ६५० जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामा ८४५ जना महिला र दुई हजार ८०५ जना पुरूष रहेका छन्।

">