काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर दुई लाख ६ हजार २२७ जना संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा ३५ हजार भन्दा बढी हो।
अघिल्लो दिन एक लाख ७० हजार ३४० जना संक्रमित थपिएका थिए। बितेका तीन दिनमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा हुँदा हिजो भने संक्रमणदर उकालो लागेको छ। पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ४६६ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको संख्या पनि बढेको छ। अघिल्लो दिन तीन हजार ५६२ जनाको मृत्यु भएको थियो।
थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ८७४ जना जना रहेका छन्। सोही सयमा अमेरिका ९७६ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ४८ हजार ५८४ जना संक्रमित थपिएका छन् भने एक हजार ३१२ जनाको मृत्यु भएको छ। भारतमा २३ हजार १३५ संक्रमित थपिँदा सोही अवधिमा ४७९ जनाको मृत्यु भएको छ।
रुसमा ६ हजार ३६८ जना संक्रमित थपिँदा १९८ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ४ हजार ९०२, पेरुमा तीन हजार ५७५, चिलिमा दुई हजार ४६२ र पाकिस्तानमा दुई हजार ६९१ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा धेरै कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर दुई लाख ६ हजार २२७ जना संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा ३५ हजार भन्दा बढी हो।अघिल्लो दिन एक लाख ७० हजार ३४० जना संक्रमित थपिएका थिए। बितेका तीन दिनमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा हुँदा हिजो भने संक्रमणदर उकालो लागेको छ। पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण पाँच हजार ४६६ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको संख्या पनि बढेको छ। अघिल्लो दिन तीन हजार ५६२ जनाको मृत्यु भएको थियो।

">