बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड-१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ सङ्क्रमित नभेटिएको जनाएको छ।
बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर सङ्क्रमित बिरामीहरू भेटिने गरेको भए पनि पहिलोपटक विगत २४ घण्टामा कुनै कोरोनाभाइरस सङ्क्रमित बिरामी नभेटिएको उल्लेख छ।
समग्रमा पछिल्लो सङ्क्रमण शृङ्खलामा अहिलेसम्म ३३५ व्यक्ति सङक्रमित भेटिएकोमा १५ जना निको भई घर फर्किसकेका छन्। त्यस्तै ३२० जनाको उपचार भइरहेको र ३१ जनामा सङ्क्रमणका कुनै लक्षण नदेखिएको तर उनीहरूलाई पनि अस्पतालको निगरानीमा राखिएको बताइएको छ।
चीनमा कोभिड-१९ सङ्क्रमण नियन्त्रणमा आइसकेको घोषणा भएको केही महिनापछि फेरि नयाँ विरामीहरू भेटिएका र तीमध्ये दर्जनौँ बिरामीहरू सिनफादी बजारसँग कुनै न कुनै रूपमा जोडिएकाले उक्त बजार र वरपरका करिब एक दर्जन बस्तीमा लकडाउन गरी नियन्त्रण तथा रोकथाम प्रयासलाई सशक्त पारिएको थियो।
चीनले मङ्गलबार देशभरका विभिन्न ६ प्रान्तका आठ व्यक्तिमा सङ्क्रमण भेटिएको पुष्टि गरेको छ। यससँगै चीनमा पहिले र अहिले गरी कूल ८३ सङ्क्रमितको सङ्ख्या हजार ५६५ पुगेको छ भने ७८ हजार ५२८ जना निको भई घर फर्किएका छन्। चीनमा मङ्गलबारसम्ममा चार हजार ६३४ जनाको मृत्यु भएको छ। रासस
" /> बेइजिङले शहरको प्रमुख थोक खाद्य बजारमा जुन ११ मा पुनः कोभिड-१९ सङ्क्रमित भेटिएपछि पहिलोपटक विगत २४ घण्टामा कुनै नयाँ सङ्क्रमित नभेटिएको जनाएको छ।बेइजिङको स्वास्थ्य आयोगले मंगलबार दिएको जानकारीमा जुन ११ पछि सिनफादी बजारसँग जोडिएर सङ्क्रमित बिरामीहरू भेटिने गरेको भए पनि पहिलोपटक विगत २४ घण्टामा कुनै कोरोनाभाइरस सङ्क्रमित बिरामी नभेटिएको उल्लेख छ।

">