भारतमा कोभिड-१९ सङ्क्रमण परीक्षण सङ्ख्या एक करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयका अनुसार मङ्गलबारसम्म ६१.१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन्। भारतभर एक हजार ११५ ल्यावबाट कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको छ। त्यस्तै भारतमा मङ्गलबारसम्म कूल चार लाख ३९ हजार ९४७ व्यक्ति कोभिड-१९ सङ्क्रमणपछि निको भएका पुष्टि भएको छ।
“अहिलेसम्म कूल कूल चार लाख ३९ हजार ९४७ व्यक्ति कोभिड-१९ सङ्क्रमणपछि निको भएका र यो सङ्ख्या हाल सङ्क्रमित रहेका विरामीको सङ्ख्याभन्दा एक लाख ८० हजार ३९० बढी रहेको अर्थात् कूल ६१.१३ प्रतिशत व्यक्ति निको भइसकेका छन्,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विगत २४ घण्टामा भारतमा कोभिड-१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २२ हजार २५२ रहेको छ भने योसँगै कूल सङ्क्रमितको सङ्ख्या सात लाख १९ हजार ६६५ पुगेको छ।
सङ्क्रमणका हिसाबले हेर्दा भारत विश्वको बढी प्रभावित मुलुकमध्ये तेस्रो स्थानमा रहेको छ। भारतमा विगत २४ घण्टामा ४६७ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कोभिड-१९ सँग सम्बन्धित मृत्यु सङ्ख्या २० हजार १६० रहेको छ।रासस
" /> भारतमा कोभिड-१९ सङ्क्रमण परीक्षण सङ्ख्या एक करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ।मन्त्रालयका अनुसार मङ्गलबारसम्म ६१.१३ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन्। भारतभर एक हजार ११५ ल्यावबाट कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको छ। त्यस्तै भारतमा मङ्गलबारसम्म कूल चार लाख ३९ हजार ९४७ व्यक्ति कोभिड-१९ सङ्क्रमणपछि निको भएका पुष्टि भएको छ।

">