काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाभित्र थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट पुष्टि भएका छन्।
धुलिखेल अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा ३२४ जनाको नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको उक्त परीक्षणबाट ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
धुलिखेलपछि पाटन अस्पतालमा ४२ जनामा नयाँ संक्रमण पुष्टि भएका छन्। गत २४ घण्टाभित्र पाटनको प्रयोगशालामा १७२ जनाको पीसीआर परीक्षण भएको थियो।
यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार १३६ जनाको नमूना परीक्षण भएकोमा ३२ जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
उक्त अवधिमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा १६ जना, भेरी अस्पताल नेपालगञ्जमा १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धरानमा ६ जना, डडेलधुरा अस्पताल प्रयोगशाला डडेलधुरामा ६ जना नयाँ संक्रमित पुष्टि भएका थिए।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ जना, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ३ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला/प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ३ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एकजना संक्रमित पुष्टि भएका छन्। यी सबै पीसीआर परीक्षणबाट पुष्टि भएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा मुलुकभरका २२ वटा प्रयोगशालामा कूल ६ हजार १३३ वटा नमूनाको पीसीआर परीक्षण गरिएको थियो। ती परीक्षणबाट आज २०४ जनामा संक्रमण पुष्टि भएका छन्। २२ मध्ये १४ वटा प्रयोगशालामा मात्र नयाँ संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कोरोना परीक्षणका लागि मुलुकभर २५ वटा प्रयोगशाला सञ्चालनमा रहे पनि तीनवटाको तथ्यांक मन्त्रालयले अद्यावधिक (अपडेट) गरेको छैन।
पछिल्लो तथ्यांकअनुसार नेपालमा कूल कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ।
संक्रमितमध्ये सात हजार ४९९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टाभित्र थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट पुष्टि भएका छन्।धुलिखेल अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा ३२४ जनाको नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको उक्त परीक्षणबाट ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

">