काठमाडौं। तत्काल परीक्षण गर्नुपर्ने स्वालाई प्राथमिकता दिन सबै अस्पताल र प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।
प्रयोगशालाबाट कोभिड-१९ रिपोर्ट ढिलो आएको भन्दै गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढिरहेको र यसबाट सुत्केरी, गर्भवतीहरू प्रभावित भइरहेकाले उनीहरूको स्वाब संकलन र प्रयोगशाला रिपोर्टमा प्राथमिकता दिन भनेको छ।
मन्त्रालयका अनुसार तत्काल जाँच गर्नुपर्ने स्वाब संकलन गरेको भाँडालाई रातो डोरी, फिता वा रिबनले बाँधेर सम्बन्धित प्रयोगशाला पठाउनुपर्नेछ।
प्रयोगशालाले पनि त्यस्ता स्वाबहरूलाई प्राथमिकता दिने र नतिजा आउनेबित्तिकै स्वाब संकलक निकायलाई अविलम्ब रिपोर्ट पठाउनुपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ।
" /> काठमाडौं। तत्काल परीक्षण गर्नुपर्ने स्वालाई प्राथमिकता दिन सबै अस्पताल र प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ।प्रयोगशालाबाट कोभिड-१९ रिपोर्ट ढिलो आएको भन्दै गुनासो आएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।

">