उनको परीक्षण गरियो, कोरोना पोजिटिभ पाइयो। चिकित्सकले उनका परिवारलाई रेमडिसिभिर किनेर ल्याउन भने। भारतमा रेमडिसिभिरलाई क्लिनिकल ट्रायल गर्न स्वीकृति मिलेको थियो। विशेष परिस्थितिमा यो औषधि प्रयोग गर्न सकिन्छ।
अभिनवले रेमडिसिभिर किन्न कतै पाएनन्। उनका काकाको अवस्था चिन्ताजनक बन्दै गएको थियो। उनी भन्छन्, ‘‘मेरा काका जीवन–मरणको अवस्थामा थिए। औषधिका लागि मैले धेरैजनालाई फोन गरेँ। मैले बल्लतल्ल औषधि त पाएँ, तर सात गुना बढी मूल्यमा। म जति पनि पैसा तिर्न चाहन्थेँ, तर कत्ति मानिसले यो औषधि खरिद गर्न सक्लान् भनेर दुःखी थिएँ।’’
अभिनवजस्तै यो औषधि किन्न मानिसले निकै कष्ट भोगिरहेका छन्। बीबीसीले बजारमा यो औषधिको कारोबार गर्ने व्यक्तिसँग सम्पर्क गर्यो। ती व्यक्तिले भने, ‘‘म औषधिको तीन सिसी दिन सक्छु, तर एउटाको ३० हजार (नेरू ४८ हजार) तिर्नुपर्छ र तत्कालै मसँग छुट्टिनुपर्छ।’’
विभिन्न देशमा गरिएको क्लिनिकल ट्रायलपछि के पत्ता लागेको छ भने रेमडिसिभिरले कोरोनाको लक्षणको अवधिलाई १५ दिनबाट घटाएर ११ दिनमा ल्याउन सक्छ। यसकारण पनि यो औषधिको माग बढेको हो।
रेमडिसिभिरको बजार मूल्य ५४०० भारू पर्छ। बिरामीलाई यसको पाँचदेखि ६ डोजसम्म आवश्यक पर्छ। दिल्लीमै अर्का एकजनाले एक सिसीको ३८ हजार भारूसम्म तिरेका थिए।
विभिन्न देशमा गरिएको क्लिनिकल ट्रायलपछि के पत्ता लागेको छ भने रेमडिसिभिरले कोरोनाको लक्षणको अवधिलाई १५ दिनबाट घटाएर ११ दिनमा ल्याउन सक्छ। यसकारण पनि यो औषधिको माग बढेको हो। तर यही नै कोरोनाको औषधि भने नभएको चिकित्सकहरूले बताएका छन्।
अमेरिकाको गिलिएड साइन्सेजले मुख्य रूपमा इबोलाको उपचारका लागि रेमडिसिभिर बनाएकाो थियो। अहिले भारतमा सिप्ला, जुबिलियन्ट लाइफ, हिटेरो ड्रग्स र माइलनले यो औषधि बनाउने अनुमति पाएका छन्। तर अहिलेसम्म हिटेरोले मात्र बनाएकाो छ। हिटेरोका अनुसार यो औषधि वितरकलाई दिइएको छैन, अस्पताललाई मात्रै उपलब्ध गराइएको छ।
यसको माग ज्यादा छ, तर आपूर्ति कम। यही कारण पनि बजारमा यसको मूल्य मनपरी हुन गएको छ। बीबीसी
" /> काठमाडौं। अभिनव शर्माका काकालाई निकै ज्वरो आएको थियो। स्वास लिन कठिन हुँदै गएका कारण उनलाई दिल्लीको एक अस्पतालमा भर्ना गरियो।उनको परीक्षण गरियो, कोरोना पोजिटिभ पाइयो। चिकित्सकले उनका परिवारलाई रेमडिसिभिर किनेर ल्याउन भने। भारतमा रेमडिसिभिरलाई क्लिनिकल ट्रायल गर्न स्वीकृति मिलेको थियो। विशेष परिस्थितिमा यो औषधि प्रयोग गर्न सकिन्छ।

">