सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको जनाउँदै उनले यस अस्पतालको सेवा उत्कृष्ट रहेको आफूले जानकारी पाएको बताए।
उनले कोभिड-१९ को उपचारमा सरकारी अस्पतालले पुर्याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गरे। सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, अस्पताल विकास समितिका सदस्य केशव देवकोटा, अस्पतालका वरिष्ठ हाडजोर्नी एवं नसा रोग विशेषज्ञ प्रा.डा. कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराएको थियो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सो अवसरमा उपस्थित थिए।
प्रदेश प्रमुख प्रसाईंको प्रा.डा. पौडेलले स्वास्थ्य परीक्षण गरेका थिए। ढाड सड्किएको र कुममा समस्या भएको प्रा.डा. पौडेलले जानकारी दिए। प्रमुख प्रसाईंका स्वकीय सचिव प्रताप उप्रेतीका अनुसार उनले सधैँ आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आएका छन्। दुई दिनअघि मकवानपुरगढीबाट झर्ने क्रममा ढाड सड्किएपछि उपचारका लागि प्रमुख प्रसाईं भरतपुर अस्पताल आएका हुन्। उनले आज यहाँको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरीक्षण गरेका थिए। रासस
" /> नुवाकोट। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्। भरतपुर अस्पतालमा आज स्वास्थ्य परीक्षण गराएपछि उनले यहाँको सेवाको बारेमा आमजनतालाई बुझाउन आग्रह गरे।सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको जनाउँदै उनले यस अस्पतालको सेवा उत्कृष्ट रहेको आफूले जानकारी पाएको बताए।

">