काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा एक लाख ७० हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर एक लाख ७० हजार ३४० जना संक्रमित थपिएका छन्।
यो अघिल्लो दिनको तुलनामा तीन हजारले कम हो। अघिल्ला दिन एक ७३ हजार २४० जना कोरोना भाइरस संक्रमित थपिएका थिए। विश्वमा पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण तीन हजार ५६२ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको संख्या भने केही बढेको छ। अघिल्लो दिन तीन हजार ५५५ जनाको मृत्यु भएको थियो।
थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ४९ हजार ६६४ जना जना रहेका छन्। सोही सयमा अमेरिका ३६० जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा २१ हजार ४८६ जना संक्रमित थपिएका छन् भने ६५६ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ६११ जना संक्रमित थपिँदा १३५ जनाको मृत्यु भएको छ। भारतमा २२ हजार ५१० संक्रमित थपिँदा सोही अवधिमा ४७४ जनाको मृत्यु भएको छ।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा एक लाख ७० हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर एक लाख ७० हजार ३४० जना संक्रमित थपिएका छन्।यो अघिल्लो दिनको तुलनामा तीन हजारले कम हो। अघिल्ला दिन एक ७३ हजार २४० जना कोरोना भाइरस संक्रमित थपिएका थिए। विश्वमा पछिल्ला तीन दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण तीन हजार ५६२ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको संख्या भने केही बढेको छ। अघिल्लो दिन तीन हजार ५५५ जनाको मृत्यु भएको थियो।

">