गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार लमजुङ, कास्की र बागलुङमा गरी १७ जना संक्रमित थपिएका हुन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जना र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा पाँचजनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा लमजुङका ११, कास्कीका एक र बागलुङका पाँचजना छन्।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्