"> स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक: मन्त्री ढकाल: Dekhapadhi स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले काम गर्दै आएको छ
• कोभिड-१९ नियन्त्रणका लागि सरकारले परीक्षण र उपचार सेवाको निरन्तर विस्तार तथा अन्य प्रभावकारी उपाय अपनाएको छ

स्वास्थ्य सेवामा समान पहुँच वृद्धिका लागि अनुसन्धान आवश्यक: मन्त्री ढकाल
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको उद्घाटनमा मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा काम गर्दै आएको र गरिरहने बताए।

मन्त्री ढकालले कोभिड-१९ नियन्त्रणका लागि सरकारले परीक्षण र उपचार सेवाको निरन्तर विस्तार तथा अन्य प्रभावकारी उपाय अपनाएको दाबी पनि गरे।

“सरकारले कोभिड– १९ को नियन्त्रणका लागि लकडाउन, सामाजिक दूरी, वैज्ञानिक तथ्यमा आधारित जानकारी निरन्तररुपमा आम जनताको प्रत्यक्ष पहुँचमा पुग्नेगरी प्रवाह गर्ने जस्ता रणनीति अपनाउँदै आएको छ”, उनले भने, “प्रभावित व्यक्तिको सुरक्षा र स्वास्थ्य सेवाको समान पहुँचको सुनिश्चितता र मानवीय सिद्धान्तको उच्चतम् अभ्यास भएको छ।”

रासस

प्रतिक्रिया दिनुहोस्