काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको तेस्रो ठूलो संख्या भारतमा पुगेको छ। भारतमा हालसम्म ६ लाख ९७ हजार ८३६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् भने दोस्रो ठूलो संख्या ब्राजिलमा रहेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ र ब्राजिलमा १६ लाख ४ हजार ५८५ रहेको छ।
भारतमा हिजो एकैदिन २३ हजार ९३२ जना कोरोना संक्रमित थपिएका थिए। कोरोनाका कारण भारतमा हालसम्म १९ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन्। भारतमा रहेका कोरोना संक्रमितमध्ये चार लाख २४ हजार ८९१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।
हाल भारतमा दुई लाख ५३ हजार २४५ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ९७ लाख ८९ हजार ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको तेस्रो ठूलो संख्या भारतमा पुगेको छ। भारतमा हालसम्म ६ लाख ९७ हजार ८३६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ। विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् भने दोस्रो ठूलो संख्या ब्राजिलमा रहेको छ। अमेरिकामा कोरोना संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ र ब्राजिलमा १६ लाख ४ हजार ५८५ रहेको छ।भारतमा हिजो एकैदिन २३ हजार ९३२ जना कोरोना संक्रमित थपिएका थिए। कोरोनाका कारण भारतमा हालसम्म १९ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन्। भारतमा रहेका कोरोना संक्रमितमध्ये चार लाख २४ हजार ८९१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।
हाल भारतमा दुई लाख ५३ हजार २४५ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। भारतमा हालसम्म कोरोना भाइरस संक्रमणको आशंकामा ९७ लाख ८९ हजार ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।
">