काठमाडाैं। पछिल्लोपटक काठमाडौं उपत्यकामा जनजीवन सहज बनेको छ।
बाक्लो संख्यामा निजी सवारीसाधन सडकमा गुड्न थालेका छन्।
बैंक तथा वित्तीय संस्थाहरू खुलेका छन्। सरकारी कार्यालयहरू सञ्चालनमा छन्।
सामान्यीकरणउन्मुख जनजीवनले काठमाडौंमा कोरोना भाइरसको संक्रमण जोखिम त्यति नरहेको देखाउँछ।
कोरोनामुक्त भइसके झैं अनुभूत गर्न थालेका छन्, काठमाडौं उपत्यकावासी। तर, त्यसको ठिक विपरीत पछिल्लो समय काठमाडौंमा संक्रमणको जोखिम बढ्दै गएको तथ्यांकले देखाउँछ।
काठमाडौं उपत्यकामा भाइरसको संक्रमण देखिनुलाई जोखिम बढ्ने संकेतको रूपमा लिनुपर्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार काठमाडौंमा १३७, भक्तपुरमा २९, ललितपुरमा १९ जना संक्रमित छन्। यो तथ्यांक प्रत्येक दिन बढ्दो क्रममा छ।

“भाइरस संक्रमित व्यक्तिहरू बढ्नुलाई जोखिमको संकेतको रूपमा लिएको छु, नाकामा कडाइ पनि गरिएको छैन, परीक्षण निकै कम छ”, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले देखापढीसँग भने, “जोखिम बढ्दा परीक्षण पनि बढाउनुपर्ने थियो, जुन भइरहेको छैन। यो चिन्ताको विषय हो।”
पछिल्लो समय उपत्यका बाहिरबाट आउने मानिसहरूमा सामान्य लक्षण देखिँदा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको छ। तर, उनीहरूको परीक्षण गरिएको छैन। डा. पुन भन्छन्, “समुदायस्तरमा कोरोना फैलियो भने स्थिति भयानक हुन सक्छ। यसबाट जोगिन परीक्षणको अर्को विकल्प नै छैन।”
अर्का जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित कोरोना भाइरसको जोखिम पहिलेदेखि नै रहेको दाबी गर्छन्। “अहिले लक्षण मात्र देखिइरहेको छैन। लक्षण देखिन थालेपछि जोखिमले अर्को रूप लिन सक्छ,” उनी भन्छन्।
बाहिरबाट आउने मानिसहरू उपत्यकामा सजिलैसँग भित्रिइरहेका छन्। आवतजावत खुल्ला गरिएको छ। नाकामा कडाइ छैन। लुकीछिपी आउने क्रम बढेका छन्। त्यसैले भाइरसको जोखिमलाई सामान्यरूपमा लिन नहुने दीक्षितको तर्क छ।
“जसरी खुलेआम मानिसहरु काठमाडौं उपत्यका भित्रिइरहेका छन्, त्यसरी नै परीक्षण गर्नुपर्ने जरूरी छ”, उनी भन्छन्, “परीक्षण नगर्नु मुर्खता हो। जति छिटो परीक्षणको दायरा बढाउन सक्यो। महामारी नियन्त्रणमा लिन उत्तिनै फाइदा पुग्छ।”
सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी संक्रमणको जोखिमलाई नकार्न नमिल्ने बताउँदै सर्वसाधारणलाई सचेत भएर हिँड्न सुझाउँछन्। मास्क अनिवार्य लगाउने, भौतिक दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्न बिर्सिन नहुने सुझाव दिँदै उनी थप्छन्, “संक्रमण तत्काल बढ्छ नै। परीक्षणको दायरा बढायो भने अझै बढी संक्रमित देखिन सक्छन्। अब व्यक्ति सचेत हुनैपर्छ।”
पछिल्लोपटक संक्रमण पुष्टि भएका १२ र सातजनाको ट्राभल हिस्ट्री नभेटिएपछि काठमाडौंका केही ठाउँहरूमा परीक्षण दायरा फराकिलो पारिँदैछ।
जनस्वास्थ्यको दृष्टिकोणबाट लकडाउनलाई थप प्रभावकारी बनाउन जरूरी रहेको उनको भनाइ छ। उनले भने, “संक्रमण बढ्नु त स्वभाविक हो। यसलाई रोक्न आवगमनमा नियन्त्रण गर्नुपर्छ।”
काठमाडौंका डेढ दर्जन संक्रमितको ट्राभल हिस्ट्री नै छैन
पछिल्लोपटक संक्रमण पुष्टि भएका १२ र ७ जनाको ट्राभल हिस्ट्री नभेटिएपछि काठमाडौंका केही ठाउँहरूमा परीक्षण दायरा फराकिलो पारिँदैछ।
ती संक्रमित व्यक्तिहरू कहाँबाट आए, कसरी आएका हुन् भन्ने खुलेको छैन। ट्राभल हिस्ट्री नभेटिएपछि संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरेर परीक्षणको दायरा बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंको कोटेश्वर, तीनकुने, शंखमुल, कपन र भक्तपुरकोे एक टोलमा स्वाब संकलन गर्ने काम भइरहेको छ। आज टोखा नगरपालिकामा स्वाब संकलन भइरहेको उनले जानकारी दिए।
ढलमा कोरोना भाइरस भेटिनुको अर्थ के हो ?
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्वका विभिन्न देशहरूले ढलमा परीक्षण गरे। चीन र स्पेन लगायतका मुलुकहरूले वैज्ञानिक अनुसन्धान गरेर दुई महिनाअघि नै त्यस विषयमा प्रतिवेदन सार्वजनिक गरिसकेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँको ढलमा परीक्षण गरियो। जसमा दुई ठाउँको ढलमा कोरोना भाइरस भेटिएको छ। यसले समुदायस्तरमा भाइरसको संक्रमण फैलिसकेको देखाउँछ त ?
चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) र दर्जनौं चिनियाँ विज्ञहरूको टोलीले तयार पारेको प्रतिवेदनमा पनि दिशामा भाइरस हुन सक्ने उल्लेख छ। उक्त प्रतिवेदनमा महामारी फैलिनुमा यसलाई प्रमुख कारण मानिएको छैन।
सेन्टर फर मोलिक्युलर डायनामिक नेपाल(सीएमडी) ले पनि काठमाडौंको ढलमा परीक्षण गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न चार ठाउँको ढलमा परीक्षण गरियो। जसमा दुई ठाउँको ढलमा कोरोना भाइरस भेटिएको छ। यसले समुदायस्तरमा भाइरसको संक्रमण फैलिसकेको देखाउँछ त ?
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन यसलाई जोखिमको संकेतको रूपमा लिन सकिने बताउँछन्।
उनले भने, “होम क्वारेन्टाइनमा बस्ने व्यवस्था छ, उनीहरूले शौचालय प्रयोग गर्नैपर्छ, अब ढलमा भेटिएको कोरोना बाहिरबाट आएका व्यक्तिहरूका हुन् कि यहीँ बस्ने स्थानीयका हुन् छुट्याउन गाह्रो छ।”
ढलमा गरिएको अध्ययनले यी कुरा स्पष्ट भन्न सकेको छैन। तर, यसको सकारात्मक पक्ष के हो भने जुन क्षेत्रको ढलमा कोरोना भेटिएको छ, त्यस क्षेत्रमा परीक्षण गर्नुपर्ने आवश्यकतालाई यसले प्रष्ट्याएको छ। परीक्षण गर्नुपर्ने बाटो ढलमा गरिएको अध्ययनले खोलिदिएको डा. पुनको बुझाइ छ।
तर, अध्ययनले ढलमा कोरोना देखाए पनि आक्रमण गर्न सक्ने खालको भाइरस हो वा होइन छुट्याएपछि मात्र त्यसको ‘रिस्क’बारे भन्न सकिन्छ। डा. पुनले ढलमा गरिएको अनुसन्धान अलिकति अपूरो भएको दाबी गरे।
जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षितका अनुसार सीएमडीले अनुसन्धान गरेको नभई खोजमूलक काम गरेको बताउँछन्। “विश्वका विभिन्न ठाउँमा यस्ता अनुसन्धान भएका छन्। नेपालमा भएको प्रविधिले पनि परीक्षण गर्न सकिन्छ भन्ने सन्देश यसले दिएको छ,” डा. दीक्षितले देखापढीसँग भने।
स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर आगामी दिनमा थप ठाउँहरूमा परीक्षण गरिने उनले जानकारी दिए।
" /> काठमाडाैं। पछिल्लोपटक काठमाडौं उपत्यकामा जनजीवन सहज बनेको छ।बाक्लो संख्यामा निजी सवारीसाधन सडकमा गुड्न थालेका छन्।

">