काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिए
<p><strong>काठमाडौं।</strong> काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरू निरन्तर बढिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन्।</p>
<p>आज काठमाडौंमा २७, ललितपुरमा २ र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन्।</p>
<p>राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा काठमाडाैंका पाँचजना, वीर अस्पतालमा काठमाडाैंका एक र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडाैंका २१, भक्तपुरका १ र ललितपुरका २ जनाका काेराेना संक्रमण देखिएकाे हाे।</p>
प्रतिक्रिया दिनुहोस्
