काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्।
वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर एक लाख ८९ हजार ७० जना संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो। अघिल्लो दिन दुई लाख ६ हजार ५०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइर संक्रमणका कारण चार हजार ४८४ जनाको मृत्यु भएको छ।
थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ४४ हजार ८३९ जना रहेका छन्। सोही सयमा अमेरिका २४९ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार ब्राजिलमा ३५ हजार ३५ जना संक्रमित थपिएका छन् भने एक हजार १११ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ६३२ जना संक्रमित थपिँदा १६८ जनाको मृत्यु भएको छ।
भारतमा २४ हजार १५ संक्रमित थपिँदा सोही अवधिमा ६१० जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार ७४०, पेरुमा तीन हजार ४८१, चिलिमा तीन हजार ७५८, साउथ अफ्रिकामा १० हजार ८५३ र पाकिस्तानमा तीन हजार ३८७ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्।वल्डोमिटर्सको तथ्याङ्कअनसार गत २४ घण्टामा विश्वभर एक लाख ८९ हजार ७० जना संक्रमित थपिएका छन्। यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो। अघिल्लो दिन दुई लाख ६ हजार ५०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

">