स्वास्थ्य वैज्ञानिकको सम्मेलन हुँदै
काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन सोमबार र मंगलबार हुने भएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा हुने सम्मेलनमा ३२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति हुनेछ।

कोभिड-१९ का कारणले सम्मेलन भर्चुअल (जुम) बाट गरिने परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले जानकारी दिए।

उनले स्वास्थ्य तथा जनसंख्याका क्षेत्रमा भएका अध्ययन अनुसन्धानबाट निस्केको निष्कर्षले सरकारलाई ती क्षेत्रको नीतिनिर्माण सहयोग पुग्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।

सम्मेलनको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गर्नेछन्। परिषद्ले प्रत्येक वर्ष सम्मेलन गर्दै आइरहेको छ।

सम्मेलनमा करीब ५०० वैज्ञानिकको सहभागिता हुनेछ। रासस

प्रतिक्रिया दिनुहोस्