काठमाडौं। विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द भएको कर्णाली प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) पुनः शुरू हुने भएको छ।
१० दिनदेखि बन्द ओपीडी सेवा भोलिदेखि सञ्चालन हुने अस्पतालले जनाएको छ। अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो।
उनीहरू प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन्। अस्पतालका निर्देशक डा. डम्बर खड्काले ११ असारदेखि बन्द ओपीडी सेवा भोलिदेखि सञ्चालन गरिने बताए। रासस
" /> काठमाडौं। विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द भएको कर्णाली प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) पुनः शुरू हुने भएको छ।१० दिनदेखि बन्द ओपीडी सेवा भोलिदेखि सञ्चालन हुने अस्पतालले जनाएको छ। अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा व्यवस्थापकीय नेतृत्व गर्ने चिकित्सकसहितका नौ स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको थियो।
उनीहरू प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका छन्। अस्पतालका निर्देशक डा. डम्बर खड्काले ११ असारदेखि बन्द ओपीडी सेवा भोलिदेखि सञ्चालन गरिने बताए। रासस
">