राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्नुपर्ने भए पनि कोभिड-१९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले गरेको बन्दाबन्दीका कारण यो कार्यक्रम हुन सकेको थिएन। देशका अन्य सबै स्थानीय तहले बन्दाबन्दी अगाडि नै यो कार्यक्रम गरिसकेका थिए।
३२ वडा रहेका कामपले खोप कार्यक्रमलाई तीन चरणमा विभाजन गरी कार्यक्रम गर्यो। विशेष समय भएकाले कारणबस छुटेका बालबालिकाको लागि कामपाले आजलाई यसम तय गरेको छ। कामपाले यही असार ११, १२ र १३ गते तीन दिन वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी सात वटा वडामा कार्यक्रम चलाइयो। यस्तै दोस्रो चरणमा महानगरका वडा १, २, ३, ४, ५, ११, १२, २६, २७, २८, २९ ३० र १३ गरी १३ वटा वडामा कार्यक्रम चलाइयो।
तेस्रो चरणअन्तर्गत १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम शुरू भएको छ। यी तीनवटै चरणमा पनि छुटेका बालबालिकाको लागि कमपाले आजको समय तय गरेको हो। छुटेका सबै बालबालिकालाई सम्बन्धित वडाको वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ। महानगरभित्र एक लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ।
काठमाडौं महानगरले २०७४ पुस २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ।
रूबेला दादुराको खोप जन्मेको नो महिनादेखि माथि र पाँच वर्षमुनिका बालबालिकालाई दिइन्छ। सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रूपमा यो कार्यक्रम चलाउनुपरेको कामपाका खोप अधिकृत सूर्य खड्काले जानकारी दिए। सन् २०२३ सम्ममा नेपालबाट रूबेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो।
काठमाडौं महानगरले २०७४ पुस २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ। कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा, उनीहरूले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट (डिपिटी, हेपाटाइटिस बी, हिब) । तीन डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा ओरल पोलियो र नौ महिना पूरा भएपछि दादुरा रूबेलाको खोप एक डोज दिएको हुनुपर्छ।
नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरू गरिएको हो। सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसङ्ख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित र तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो। यो सङ्ख्या २०१६ मा आइपुग्दा पूर्ण खोपबाट वञ्चित हुने बालबालिकाको सङ्ख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको सङ्ख्या घटेर एक प्रतिशतमा झरेको देखिएको थियो। रासस
" /> काठमाडाैं। काठमाडाैं महानगरपालिकामा गत चैतमै शुरू गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रूबेला-दादुरा खोप अभियानमा छुटेकालाई आज लगाउने कार्यक्रम छ।राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्नुपर्ने भए पनि कोभिड-१९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले गरेको बन्दाबन्दीका कारण यो कार्यक्रम हुन सकेको थिएन। देशका अन्य सबै स्थानीय तहले बन्दाबन्दी अगाडि नै यो कार्यक्रम गरिसकेका थिए।

">