पछिल्लो २४ घण्टाभित्र नेपालमा ७४० संक्रमित थपिए, काेराेना संक्रमितकाे संख्या १५ हजार नाघ्याे
<p>काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p>
<p>देशका विभिन्न प्रयोगशालामा गरिएको चार हजार ४८३ नमूना परीक्षणमध्ये साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
<p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको जानकारी दिए। </p>
प्रतिक्रिया दिनुहोस्
