काठमाडाैंमा हिजाे मृत्यु भएका एक व्यक्तिमा काेराेना संक्रमण पुष्टि

काठमाडौं। काठमाडौंमा मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ।

मुटुसम्बन्धी समस्या देखिएपछि उपचाररत ८५ वर्षीय बृद्धको हिजो (१८ असार) मा मृत्यु भएको थियो।

कोरोना परीक्षणका क्रममा पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय काठमाडौंकी फोकल प्रसन पार्वती विष्टले जानकारी दिइन्।

अहिले उनको मृत्यु भएको अस्पताल र ठाउँ खुलाइएको छैन।

अहिले नेपाली सेनाको संयोजनमा शवको व्यवस्थापनको काम भइरहेको छ।

उनको मृत्युसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

यसअघि १७ असारमा कोरोना भाइरस संक्रमित एक शिशुको उपचारका क्रममा मृत्यु भएको थियो।

म्याग्दी घर भएर ४५ दिनका शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्