सुदूरपश्चिम प्रदेशमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि
<p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">धनगढीमा भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।</p>
<p style="text-align: justify;">उनले कैलालीका १३ जना, कञ्चनपुरका सातजना, बैतडीका चारजना, अछामका दुईजना, बझाङका एकजना र डोटीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।</p>