पोष्टले कोभिड-१९ सङ्क्रमणको उच्च जोखिमका कारण बढी जनघनत्व भएका काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने जनाएको हो।
“होम क्वारेन्टिनमा बस्न चाहनेले भने स्थानीय प्रहरी, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा अनुमति दिइनेछ”
आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए।
“होम क्वारेन्टिनमा बस्न चाहनेले भने स्थानीय प्रहरी, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा अनुमति दिइनेछ,” उनले भने।
तिमल्सिनाका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोके बमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्नेगरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने निर्णय गरिएको छ।
साथै, कतिपय जिल्लामा क्वारेन्टिन तथा आइसोलेसन सेन्टरमा न्यूनतम मापदण्डसमेत सुविधा नभएकाले सो स्थानमा बस्ने व्यक्ति भाग्ने, बस्न नचाहने तथा बिरामी परेका सूचना प्राप्त भएकाले यस जिल्लामा स्थापना भएका क्वारेन्टिन तथा आइसोलेसन वार्ड समय-समयमा अनुगमन गरी सोको प्रतिवेदन गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउनेसमेत निर्णय भएको छ। विदेशबाट आएकामध्ये आफैं खर्च बेहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ। रासस
" /> काभ्रेपलाञ्चोक। काेरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेपलाञ्चोकमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापश्चात मात्रै अनुमति दिइने भएको छ। यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाउने जनाएको छ।पोष्टले कोभिड-१९ सङ्क्रमणको उच्च जोखिमका कारण बढी जनघनत्व भएका काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने जनाएको हो।

">