कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प छ। तर, लकडाउन सहज भएसँगै चलचित्र छायांकनमा जाने तयारी छन्।
भदौ पहिलो साताबाट महामारी केही सहज भएपछि छायांकनको तयारी गर्ने योजनामा चलचित्र निर्माताहरू छन्। लकडाउन खुकुलो हुने र सरकारले छायांकनका लागि अनुमति दिएको खण्डमा निर्माताहरू भदौं अन्तिम तथा असोज पहिला साताबाट छायांकनको काम थाल्ने तयारीमा लागेका हुन्।

म्युजिक भिडिओ तथा केही सिरियलहरूले त छायांकनको काम थालिसकेका छन्। तर, चलचित्रले भने छायांकनको तयारीमा मात्र गर्दै आएका छन्। उनीहरू सरकारबाट आउने अनुमतिको पर्खाईमा छन्।
यसैले पनि रिलिजका लागि तयार भएका चलचित्रहरू हलमा कहिलेबाट लाग्छन् पक्का छैन्। तर, लकडाउन खुकुलो भएसँगै चलचित्रले पनि छायांकनको कामलाई अगाडि बढाउने तयारी थालेका हुन्।
लकडाउन खुकुलो भएसँगै चलचित्र निर्माणको घोषणा पनि हुन थालेको छ। निर्देशक दिनेश पौडेलले चलचित्र ‘कालुराम’ लाई अगाडि बढाईसकेका छन्।
उनले अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम अगाडि बढाएका छन्। त्यसपछि चाँडै नै छायांकनमा जाने उनको भनाइ छ।
त्यस्तै निर्देशक श्रीराम महले पनि चलचित्र ‘म त तिम्रै हुँ’ को काम अगाडि बढाएका छन्। उनले चलचित्रका लागि गीत रेकर्डिङको काम थालेका हुन्।
कलाकार छनोट प्रक्रियामा रहेका चाँडै छायांकनमा जाने उनको तयारी छ। सरकारले अनुमति दिएको खण्डमा जुनसुकै बेला पनि छायांकनका लागि तयारी अवस्थामा रहेको उनले बताए।
“छायांकनमा जाँदा अब सबैको पीसीआर परीक्षण, भौतिक दूरी, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्नुपर्छ। त्यसका लागि खर्च बढ्छ। समय पनि बढ्छ। ५० दिनमा सकिने छायांकन अब ८० दिन पनि लाग्न सक्छ।” - आकाश अधिकारी ( अध्यक्ष, नेपाल चलचित्र निर्माता संघ)
त्यस्तै निर्देशक मनोज पण्डितले पनि भदौ अन्तिम साताबाट आफ्नो चलचित्रलाई छायांकनमा लैजाने तयारी गरेका छन्।
“भदौ मध्यसम्म कोरोना पिकमा पुगिसक्ने अनुमान छ”, पण्डितले भने, “विशेष सावधानी अपनाउँदै भदौं अन्तिम हप्तादेखि चलचित्र छायांकनमा जाने सोच बनाएका छौं।”
कोरोना महामारीको अन्त्य कहिले हुन्छ भन्नेमा टुंगो नलागेकाले विशेष सावधानी अपनाएर छायांकनमा जानुपर्ने उनको भनाइ छ।
“महामारी रोकिएला र चलचित्रका गतिविधि अगाडि बढाउँला भन्दै गयो भने त चलचित्र उद्योग धराशायी बन्छ,” पण्डितले भने, “अब सरकारले विशेष सावधानी अपनाएर गतिविधि अगाडि बढाउनुपर्छ।”
निर्देशक मिलन चाम्स पनि छायांकनका लागि लोकेशन हेर्नमा व्यस्त छन्। लकडाउन तथा महामारीका कारण अरू घरबाहिर जान नपाएका बेला उनी भने विभिन्न ठाउँमा पुगेर लोकेशन हेर्न थालेका हुन्।
यस्तै चलचित्र निर्माता तथा लेखक मौनता श्रेष्ठ पनि चलचित्र ‘आँधी तुफान-२’ को छायांकनको कामलाई पनि जतिसक्दो जाँडो अगाडि बढाउने योजनामा छन्।
त्यस्तै ‘ए मेरो हजुर-४', 'परदेशी-२' लगायतका चलचित्रको पनि छायांकन चाँडै शुरू गर्ने योजनामा निर्माता छन्।
छायांकनको कस्तो छ तयारी?
चलचित्रकर्मीहरूले महामारीका कारण विशेष सावधानी अपनाएर छायांकनमा जाने योजना बनाएका छन्। नेपाल चलचित्र निर्माता संघले छायांकन गर्दा भौतिक दूरी कायम गराउँदै अगाडि बढ्ने योजना बनाएको छ।
संघका अध्यक्ष आकाश अधिकारीले अब चलचित्रको बजेट नै ५० प्रतिशतले बढ्ने भन्दै चलचित्र निर्माताहरूले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए।
“छायांकनमा जाँदा अब सबैको पीसीआर परीक्षण, भौतिक दूरी, मास्क, स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्नुपर्छ,” अध्यक्ष अधिकारीले भने, “त्यसका लागि खर्च बढ्छ। समय पनि बढ्छ। ५० दिनमा सकिने छायांकन अब ८० दिन पनि लाग्न सक्छ।”
अब चलचित्र निर्माण गर्दा निर्माताहरुले जोखिम मोलेर नै अगाडि बढ्नुपर्ने उनको उनको भनाइ छ।
" /> काठमाडौं। गत ८ चैतदेखि चलचित्र ‘परदेशी-२’ को छायांकन रोकियो। त्यस्तै १० चैतबाट '२ नम्बरी' चलचित्रले पनि आफ्नो छायांकन रोक्यो। जुन आजसम्म शुरू हुन सकेको छैन्।कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प छ। तर, लकडाउन सहज भएसँगै चलचित्र छायांकनमा जाने तयारी छन्।

">