कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि एक करोड ३४ लाख ८ हजार रूपैयाँ खर्च गरेको छ। केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो।
प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन। प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार ४०० थान कीट खरिद गरेको छ। टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट चार हजार ५०० दरले खरिद गरिएको हो।
प्रदेश सरकारले डोटी र बैतडीमा समेत पीसीआर मेसिन जडान गरेर परीक्षणको दायरा बढाउने भनेपनि जडानको गति भने सुस्त छ। तीन स्थानका लागि प्रयोगशालाको सामान धनगढी आउने क्रम जारी रहेको निर्देशनालयको भनाइ छ। हाल धनगढीको पशुपंक्षी अन्वेषण केन्द्रमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालामा दैनिक बढीमा २५० जनाको मात्रै परीक्षण हुने गरेको प्रयोगशालाका प्रमुख रमेश शाहीले बताए। उनले प्रयोगशालामा हाल पाँच हजार थान परीक्षणका लागि कीट मौज्दात रहेको जानकारी दिए।
प्रदेशमा सञ्चालनमा रहेको एकमात्रै प्रयोगशालाले हालसम्म १० हजार बढीको कोरोना परीक्षण गरेको छ। सुदूरपश्चिममा परीक्षणको चाप बढेपछि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकू स्वाब परीक्षणका लागि पठाउने गरिएको छ। शेरबहादुर सिंह/रासस
" /> कञ्चनपुर। सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि एक करोड ३४ लाख ८ हजार रूपैयाँ खर्च गरेको छ। केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो।प्रदेश सरकारले कोरोनाको परीक्षण दायरा बढाउनका लागि आवश्यक मेसिन तथा परीक्षण कीट खरिदमा भने ठोस पहल र खर्च गरेको देखिँदैन। प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पीसीआर विधिबाट परीक्षणका लागि प्रदेश सरकारले दुई हजार ४०० थान कीट खरिद गरेको छ। टेण्डर प्रक्रिया मार्फत पीसीआरका लागि प्रतिकिट चार हजार ५०० दरले खरिद गरिएको हो।

">