पीसीआर मेसिन ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा सञ्चालनमा ल्याइएको हो। उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इन्जिनीयर सहितको टोलीले यतिबेला पीसीआर मेसिनको गुणस्तर परीक्षण गरिहेका छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज शाहीले मेसिनको भ्यालिडेसन भईरहेको बताए। उनले यसअघि धनगढीमा परीक्षण गरिएका स्वावको पुनः परीक्षणपछि डडेल्धुरामा संकलित स्वाव परीक्षण गरिने बताउँदै परिक्षण गरिएका स्वावको नमूनालाई धनगढीस्थित प्रयोगशाला लगेर पुनः परीक्षण गरिने बताए।
मेसिनको गुणस्तर र क्षमता जाँच गर्न पहिलो चरणमा धनगढीमा परीक्षण गरिएका स्वावलाई पुनः परीक्षण गरिएको शाहीले बताए। उनले भोलिदेखि प्रयोगशाला पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी दिए।
ह्युमानिटी फाउण्डेसनका संस्थापक अध्यक्ष श्याम तायलले फाउन्डेसनको एउटा मिसन पुरा भएको बताए। उनले कोरोना परीक्षणबाट बञ्चित सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्ने बताए ।
ह्युमानिटी फाउण्डेसनले सुदूरपश्चिम समाज अमेरिकाको सहकार्यमा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन गरेको थियो।
करिब ९६ लाख रुपैयाँमा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा ३८४ जनाको स्वावको नमूना परीक्षण गर्ने बताइएको छ।
" /> कैलाली। नागरिकस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन आजदेखि सञ्चालनमा ल्याइएको छ।पीसीआर मेसिन ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा सञ्चालनमा ल्याइएको हो। उपक्षेत्रीय अस्पताल डडेल्धुराका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका ईञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इन्जिनीयर सहितको टोलीले यतिबेला पीसीआर मेसिनको गुणस्तर परीक्षण गरिहेका छन् ।

">