स्वास्थ्य जाँचपछि निवास फर्किए प्रधानमन्त्री
<p>काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन्। </p>
<p>आज साँझ ५ बजे प्रधानमन्त्री बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेका थिए। </p>
<p>प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुकाे अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री निवास फर्किएकाे जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
