स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री गंगालाल अस्पतालमा <p>काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग&nbsp;केन्द्र&nbsp;पुगेका छन्।</p> <p>प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री अस्पताल पुगेका हुन्।&nbsp;</p> <p>अस्पतालमा उनको मुटुको जाँच गरिने थापाले बताए।&nbsp;</p> <p>स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास फर्कने प्रेस सल्लाहकार थापाले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्