पछिल्लो २४ घण्टामा ४८२ कोरोना स‌ंक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुग्यो <p>काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>देशका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११७&nbsp;महिला र ३६५ पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p> <p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको जानकारी दिए।&nbsp;</p> <p>जसमा एक हजार ७७४ महिला र १२ हजार २७२ पुरूष छन्।</p>
प्रतिक्रिया दिनुहोस्