बागलुङ। कोभिड–१९ का कारण निधन हुने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन। शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ।
प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन पुनः आग्रह गरेको छ। यसअघि गएको २८ जेठ र ५ असारमा पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ।
प्रजिअ एवं जिल्लास्तरीय समितिका संयोजक गौलोचन सैँजूले स्थानीय तह र वडास्तरमा समेत शव व्यवस्थापन समिति गठन गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको बताए। कतिपय ठाउँमा शव व्यवस्थापनलाई लिएर विवाद भइरहेकाले उपयुक्त र सबैलाई मान्य हुने स्थान छान्नुपर्ने अवस्था छ। बागलुङ नगरपालिकामा शव व्यवस्थापनका लागि सम्भावित क्षेत्रको अध्ययन र छनोटका लागि कार्यदल बनाइएको छ। सो कार्यदलले उपयुक्त स्थान पहिचान गरी तीन दिनभित्र जिल्लास्तरीय समितिलाई सिफारिस गर्ने जनाइएको छ।
बागलुङ नगरपालिका–१ काठेखोला किनार, ४ को चाँदवारीस्थित कालिगण्डकी किनार र १३ को कालाखोला किनारलाई सम्भावित क्षेत्रका रूपमा हेरिएको छ। कोभिड–१९ का कारण हालसम्म जिल्लामा कसैले पनि मृत्युवरण गर्नु नपरे पनि आइपर्न सक्ने जस्तोसुकै अवस्थाका लागि तयारी हालतमा बस्नुपर्ने समितिको ठहर छ।
कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या थपिँदै गए पनि कसैमा पनि गम्भीर लक्षण छैन। गएको १५ चैतमा पहिलोपटक कोरोना सङ्क्रमणको घटना पुष्टि भएकामा जिल्लामा अहिले कोरोना लाग्नेको सङ्ख्या १९४ पुगेको छ। संक्रमणमुक्त हुनेको सङ्ख्या २४ छ। रासस
" /> बागलुङ। कोभिड–१९ का कारण निधन हुने व्यक्तिको शव व्यवस्थापनका लागि स्थानीय तहमा ठाउँ टुङ्गो लागेको छैन। शव व्यवस्थापन जिल्लास्तरीय समितिले स्थान पहिचान गरी सोको विवरण पठाउन स्थानीय तहलाई पटकपटक पत्राचार गरेको छ।प्रमुख जिल्ला अधिकारी संयोजक रहेको उक्त समितिले यथाशीघ्र शव व्यवस्थापन स्थलको खोजी गरी समितिलाई जानकारी गराउन पुनः आग्रह गरेको छ। यसअघि गएको २८ जेठ र ५ असारमा पनि समितिले सोही अनुरोधसहित पत्र पठाएको थियो। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले ल्याएको कार्यविधिमा स्थान खोज्ने जिम्मा स्थानीय तहलाई दिइएको छ। कार्यविधिमा संस्कारअनुसार शव जलाउने या गाड्ने हो सोहीअनुसार छुट्टाछुट्टै ठाउँ तोक्नुपर्ने उल्लेख छ।

">