कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक गएरातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजो, १६ असारसम्ममा दुई हजार ४८३ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
उनीहरूमध्ये ५७३ महिला र १९१० जना पुरूष छन्।
प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६७६, कञ्चनपुरमा ३१६, डडेलधुरामा २२९, डोटीमा ४१०, अछाममा १९९, बाजुरामा ३३०, बैतडीमा २३४, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।
यस प्रदेशमा ४७९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोभिड-१९ बाट सातजनाको मृत्यु भएको छ। जसमा कैलालीका चार, बाजुराका दुई र अछामका एकजना छन्।
सातजनामध्ये पाँचजनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक गएरातिसम्मको हो।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजो, १६ असारसम्ममा दुई हजार ४८३ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

">