रेडक्रसले सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान मंगलबारबाट शुरू गरेको हो। हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य एक करोड ५७ लाख रहेको रेडक्रसले जनाएको छ।
काठमाडौंको शुक्रराज ट्रपिकल अस्पताललगायत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा उपकरणहरू र कार्यरत स्वास्थ्यकर्मीहरूको लागि व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिने छ।
नेपाल रेडक्रस र कोकाकोलाको साझेदारीमा सञ्चालन गरिएको सामग्री वितरण अभियान आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसरमा सुरूआत गरिएको हो। नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले पहिलोचरणको सामग्रीहरू स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए।
दुई चरणमा हस्तान्तरण हुने सामग्रीहरूमा १५ हजार थान सर्जिकल मास्क, केएन-९५ माक्स १ हजार १५० थान, ५५० थान सुरक्षा पोशाक, सुरक्षा चस्मा ३०० वटा, बीस हजार जोडी पञ्जा, ४४० थान रबर बुट, स्यानिटाइजर दुई हजार ५०० बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड दुई हजार दुई सय लिटर र १५ हजार एक ११८ थान साबुन रहेको नेपाल रेडक्रस स्वास्थ्य विभागका निर्देशक बिपुल न्यौपानेले जानकारी दिए।
प्राप्त मास्क, रबर बुट, स्यानिटाइजर, साबुनलगायतका व्यक्तिगत सुरक्षा सामग्री मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए।

रेडक्रसले विभिन्न प्रदेशमा सात थान भेन्टिलेटर मेशिनसमेत उपलब्ध गराउने जनाएको छ।
सामग्री वितरण समारोहमा मन्त्री ढकालले कोराना महामारीको चालु लडाइँमा सहयोग गर्न सामग्रीसहित उपस्थित भएकोमा नेपाल रेडक्रस र त्यसको साझेदार कोकाकोलालाई धन्यवाद दिएका थिए।
“यो अप्ठ्यारो परिस्थितिमा सबैको सहयोग चाहिन्छ र प्राप्त सबै सामग्रीहरूको एक-एक हिसाब राखिने छ र उचित वितरण गरिने छ। सुरक्षा सामग्री नपुगेको स्थानमा नेपाल सरकारले तत्काल सामान पठाउने छ,” मन्त्री ढकालले भने।
यस्तै, सिंगापुर रेडक्रसको तर्फबाट प्राप्त छुट्टै तीन हजार ५०० थान एन नाइन्टीफाइभ मास्क पनि आजै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
" /> काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पतालहरूलाई सुरक्षा सामग्री र उपकरण प्रदान गरेको छ।रेडक्रसले सुरक्षा सामग्री र उपकरण हस्तान्तरण अभियान मंगलबारबाट शुरू गरेको हो। हस्तान्तरण गरिने सामग्रीहरूको कूल मूल्य एक करोड ५७ लाख रहेको रेडक्रसले जनाएको छ।

">