काठमाडौंका १२ जनामा देखियाे काेराेना संक्रमण
<p>काठमाडौं। काठमाडौंमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमित थपिएका छन्। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच महिला र सातजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। </p>
<p>राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका दुई पुरुष, पाटन अस्पतालमा एक महिला र त्रिवि शिक्षण अस्पतालमा चार महिला र पाँच पुरुषमा संक्रमण देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
