पछिल्लो २४ घण्टामा देशैभरबाट ६० कोरोना संक्रमित डिस्चार्ज
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशैभरबाट ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना महिला र ५१ जना पुरुष कोरोना संक्रमणमुक्त भएका हुन्।</p>
<p>हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण भएका तीन हजार १९४ जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p>
<p>मन्त्रालयका अनुसार २७७ महिला र दुई हजार ९१७ पुरूष डिस्चार्ज भएका हुन्।</p>
प्रतिक्रिया दिनुहोस्
