गण्डकी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण <p>काठमाडौं। गण्डकी प्रदेशमा स्क्रब टाइफस र डेंगुको संक्रमण पनि देखिन थालेको छ।</p> <p>प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय पोखराले प्रदेशका विभिन्&zwj;न&nbsp;ठाउँमा स्क्रब टाइफस र डेंगुको संक्रमण देखिएको जनाएको छ।</p> <p>स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले म्याग्दीमा ३ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको बताए। उनका अनुसार म्याग्दीमै ९, कास्कीमा ५, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १ र बाग्लुङमा १ गरेर १६ जनामा डेंगुरोगको संक्रमणसमेत देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्