शेयर बजारमा ३९ मिनेटमै सर्किट ब्रेक, कारोबार बन्द

काठमाडौं। सेयर कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचकमा सर्किट ब्रेक लागेको छ। आज ११ बजेर ३९ मिनेटमै नेप्से परिसूचक २४.५८ अंक अर्थात २ प्रतिशतले बजार घटेर सर्किट ब्रेक लागेको थियो।

नेप्से परिसूचक घटेर १२०१.५७ अंकमा पुगेको छ। लकडाउनपछि बजार खुलेकाे आज दाेस्राे दिन हाे।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.३५ अंकले घटेर २६० अंकमा झरेको छ।

बजारमा कूल ३६ लाख १३ हजार ५ सय २३ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सो अवधिमा ७४ कम्पनीको १० हजार ५ सय २६ कित्ता सेयर किनबेच भएको छ। सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको ८ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ।

आज लक्ष्मी बैंक र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्