एक्सन एडले दियाे धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री

काभ्रे। एक्सन एड नेपालले धुलिखेल नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

एक्सन एडले स्वास्थ्य सामग्री मेयर अशोककुमार ब्याञ्जुलाई हस्तान्तरण गरेको हो।

एक्सन एडले ६०० थान सर्जिकल मास्क, इन्फ्रारेड थर्मामिटर ६ थान, पूरा सामग्रीसहितको पीपीई ३० सेट हस्तान्तरण गरेको छ।

त्यस्तै गाउन ३० सेट, ह्याण्ड वास ३० सेट, के एन-९५ मास्क ३० थान प्रदान गरिएकाे एक्सन एडका महेश बडालले जानकारी दिए।

उनका अनुसार तीन लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस्