२. मास्क, पञ्जा आदि जथाभावी नफालौंः
आजकाल बाटो, पार्क, चौरलगायत सार्वजनिक स्थानमा मास्क, पञ्जा, हात सफा गरेको कपास, चुरोटको ठुटो जथाभावी फ्याँक्ने प्रचलन बढेको छ। ती सामान चरा, कुकुर तथा सवारी साधनले विभिन्न ठाउँमा पुर्याउन सक्छन्। बालबालिकाले समाउने तथा खेल्ने गर्न सक्छन्। यो अभ्यासले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ। तसर्थ आफूले प्रयोग गरेका मास्क, पञ्जा, कपास आदि फोहोर जम्मा गर्ने ठाउँमा वा घरभित्र खाडल खनेर त्यसमा राख्ने अनि नष्ट गर्ने गरौँ।
३. घरेलु पशुपक्षीजन्य फोहोरको व्यवस्थापन गरौँः
कुकुर, कुखुरालगायत पशुपक्षी पाल्ने व्यक्तिले बाटोमा दिशापिशाब गराउने काम नगरौं। कुकुर, कुखुरालाई पनि होम क्वारेन्टाइनमा राखौं। कुकुरका खुट्टाले संक्रमण घरभित्र ल्याउन सक्छन्। त्यस्तै मलमुत्रलाई घरमा खाडल खनेर त्यहि राख्ने गरौँ।
४. बाटो सफा राखौंः
आफ्नो घर अगाडिको बाटो सफा गर्ने बानी विकास गरौँ। बाटोमा रहेका सुर्ती, चुरोट, गुट्खा, जंक फुडलगायतका खोल बढारेर एउटा खाडलमा राखौं। हावा तथा पशुपक्षीले यी खोललाई घरभित्र ल्याउन सक्छ।
५. जुत्ताचप्पल तथा आफ्नो सवारी साधनको टायर सफा गरौँः
जुत्ताचप्पल तथा टायरमा संक्रमितको म्युकस, संक्रमितले फालेका मास्क, कपासलगायत पदार्थ घरभित्र आउन सक्छन्। तसर्थ घरबाहिर साबुनपानीले राम्रोसँग जुत्ताचप्पल सफा गरेर घाममा सुकाउने गरौँ। त्यस्तै टायरलाई राम्रोसँग धुने गरौँ।
६. सुरक्षित बनौँ:
घरबाहिर निस्कदा मास्क, चस्मा, पञ्जा लगाउने बानीको विकास गरौं। त्यस्तै विन्डचिटर, ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने गरौँ। बाहिरबाट घर आएपछि ती कपडा, मास्क, पञ्जालाई घर बाहिर राख्ने गरौँ।
७. सफाइका सामान राखौंः
घरको गेटनेर, मुल ढोकानेर, हरेक बाथरुममा, किचनमा, डाइनिङ हल, बेडरुम, बरण्डा आदिमा स्थान अनुसार ह्याण्ड स्यानिटाइजर, साबुनपानी, सफा टावेल अटुट रूपमा राख्ने गरौँ। यी सामान बच्चाको पहुँच नहुने गरी राखौं।
८. शौचालयको सफाइः
भारतलगायत धेरै देशमा शौचालयबाट कोरोना भाइरस फैलिएको समाचार आइरहेका छन्। सम्भव भएसम्म छुट्टाछुट्टै शौचालय प्रयोग गरौँ। प्रयोग गरेपछि सफा गरौँ। कमन ट्वाइलेट भएको ठाउँमा पालो गरेर दिनको ३ पटक साबुनपानी, क्लोरिन झोल र लाइसोलले सफा गरौँ। प्रयोग गरेपछि हरेक व्यक्तिले सफा गरौ। सार्वजनिक शौचालय, कार्यालयको शौचालय तथा साझा शौचालयमा सरसफाइ नियमित गर्ने प्रबन्ध गरौँ। त्यस्ता शौचालयमा साबुन, स्यानिटाइजर राख्ने गरौँ। शौचालयको ह्याण्डिल, चुकुल आदि छुनुअघि र छोएपछि हात धुने र छोएका स्थानलाई स्पिरिटले सफा गर्ने गरौँ ।