टेबलटेनिसको इतिहास धेरै लामो छैन। २०औं शताब्दीको शुरूमै इङल्यान्डबाट यस खेलको थालनी भएको मानिन्छ। शुरूआती दिनमा यसलाई पिङ-पोङ भनिन्थ्यो। १९२१-२२ तिर पिङ-पोङबाट यस खेलले टेबलटेनिसको नाम पायो। १९२६ मा अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ गठन भएपछि यसको विस्तारले गति लियो। ९ राष्ट्र संस्थापक सदस्य रहेको अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघमा अहिले २०० भन्दा धेरै सदस्य राष्ट्रहरू छन्।
जसरी टेबलटेनिस खेल आफैको इतिहास लामो छैन। ‘विश्व टेबलटेनिस दिवस’ मनाउन थालिएको पनि धेरै भएको छैन। विगत पाँच वर्षदेखि अप्रिल ६ लाई ‘विश्व टेबलटेनिस दिवस’का रूपमा मनाइँदै आएको नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य बताउँछन्।
उनको भनाइ मान्ने हो भने, अप्रिल ६ लाई ‘विश्व टेबलटेनिस डे’ का रूपमा मनाउने थालनी नेपालबाटै शुरू भएको हो। २०१५ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान की मूनका ‘स्पोर्ट्स एड्भाइजर’ विल फ्रेड लिंक नेपाल आएका थिए। त्यही अवसर पारेर नेपाल टेबलटेनिस संघले देशभर विभिन्न कार्यक्रम गरेको थियो।
नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यको भनाइ मान्ने हो भने अप्रिल ६ लाई ‘विश्व टेबलटेनिस डे’ का रूपमा मनाउने थालनी नेपालबाटै भएको हो।
काठमाडौंमा भने वसन्तपुरमा कार्यक्रम गरिएको थियो। त्यतिबेला नेपाल भूकम्पको पीडाबाट तंग्रिने प्रयास गर्दै थियो। भूकम्पले वसन्तपुर दरबार स्क्वायरमा ठूलै क्षति पुर्याएको थियो। जुन अहिले पनि पुनर्निर्माणकै चरणमा छ। भूकम्पको प्रभावका बावजुद नेपालमा खेलकुद गतिविधि रोकिएको छैन भन्ने सन्देश प्रवाह गर्न वसन्तपुरमा कार्यक्रम गरिएको थियो।
त्यस अवसरमा पाराओलम्पिकको पदक विजेता अस्ट्रेलियाकी खेलाडी पनि नेपाल आएकी थिइन्। तिनै खेलाडीसँग नेपालका सडक बालबालिका तथा राष्ट्रिय खेलाडीहरूले टेबलटेनिस खेलेका थिए। त्यतिबेला खिचिएका तस्वीरबाट अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले ‘इन्टरनेसनल यूएन पिस अवार्ड’ जितेको राजवैद्य बताउँछन्।
‘‘हामीले त्यसरी कार्यक्रम गरेपछि अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले त्यो दिनलाई ‘विश्व टेबलटेनिस दिवस’का रूपमा मनाउने निधो गर्यो। त्यसयता विश्वभर अप्रिल ६ मा विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै आएका छौं,’’ राजवैद्य भन्छन्।
कोरोना भाइरस संक्रमणका कारण यस वर्ष औपचारिक कार्यक्रम भने केही भएका छैनन्। ‘विश्व टेबलटेनिस दिवस’ को उद्गम थलो नेपाल पनि ११ चैतदेखि लकडाउनमा छ। जसले गर्दा सबै घरभित्रै थुनिएका छन्। त्यसैले नेपालमा पनि कुनै पनि औपचारिक कार्यक्रम भएनन्।
‘‘कोभिड-१९ का कारण यो वर्ष केही कार्यक्रम गर्न पाएनौं। आईटीटीएफले पनि जहाँ जसरी सम्भव छ त्यसरी नै मनाउनु भनेको छ,’’ राजवैद्यले थपे, ‘‘सबैतिरबाट टेबलटेनिस खेलको भिडियो क्लिप, फोटोहरू शेयर गरिरहेका छौं। घरभित्रै कसैले किचन टेबलमा, कसैले भित्तामा, कुनै न कुनै तरिकाले टेबलटेनिस खेलेको भिडियो क्लिपहरू हालिरहेका छौं। आईटीटीएफले पनि त्यस्तो क्लिपहरू पठाउनु पछि कम्पाइल गरेर भिडियो बनाउँछौं भनेको छ।’’
जुन खेललाई आफ्नो करियर मानेर जीवन सुम्पिएका छन्, त्यही खेलको अन्तर्राष्ट्रिय दिवस मनाउन नपाउँदा खेलाडीहरूले पनि खल्लो भएको महशुस गरिरहेका छन्।
यो दिवस मनाउन थालेको धेरै त भएको छैन। हामीलाई जानकारी नभएको पनि हुनसक्छ। तर, मनाउन थालेपछि हामीले हरेक वर्ष कुनै न कुनै कार्यक्रम गर्दै आएका थियौं । अहिले कोरोनाका कारण त्यो सम्भव भएन।
‘‘यो दिवस मनाउन थालेको धेरै त भएको छैन। हामीलाई जानकारी नभएको पनि हुनसक्छ। तर, मनाउन थालेपछि हामीले हरेक वर्ष कुनै न कुनै कार्यक्रम गर्दै आएका थियौं,’’ टेबलटेनिसका अनुभवी खेलाडी शिवसुन्दर गोथे भन्छन्, ‘‘अहिले कोरोनाका कारण त्यो सम्भव भएन। के, के मिस भएजस्तो भएको छ। मनाउन पाएको भए टेबलटेनिसबारे केही केही सन्देश प्रवाह गर्न सक्थ्यौं। एक दिनकै लागि भए पनि हाम्रो खेललाई सबैले सम्झने वातावरण बन्थ्यो। तर अब त्यो सम्भव भएन। सामाजिक सञ्जालमार्फत सम्झने प्रयास गरेका छौं।’’
अर्का खेलाडी रविना महर्जनको अनुभव पनि गोथेको भन्दा फरक छैन। महर्जनको स्मृतिमा पनि अहिलेसम्म धेरै ठूलो कार्यक्रम गरेर तामझामका साथ यो दिवस मनाएका पलहरू छैनन्। तर टेबलटेनिस परिवारबीचको जमघट तथा अन्य कार्यक्रममा सहभागी भएको क्षण सम्झदै महर्जनले थपिन्, ‘‘आफ्नो खेलको सेलिब्रेसन गर्न नपाउँदा मनै खल्लो भएको छ।’’
यसअघि ललितपुर जिल्ला टेबलटेनिस संघ र एभिएम टेबलटेनिस क्लबले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) एभिएम टेबलटेनिस क्लबको हलमा पुगेका थिए। उनले खेलाडीसँग अभ्यास गर्नुका साथै केक काटेर ‘विश्व टेबलटेनिस डे’ को शुभकामना आदानप्रदान गरेका थिए। प्राय: खेलाडीको स्मृतिमा आजको दिन त्यो ताजगी भएको छ।
टेबलटेनिसमा नेपालको अवस्था कहाँ छ?
अपवादबाहेक नेपालका सबै खेल तथा खेलाडीको प्रतिस्पर्धा दक्षिण एसियाली स्तरमा हुने हो। एसियन गेम्स र ओलम्पिक नेपाली खेलाडीका लागि सपना हुन्। दक्षिण एसियामा भने नेपाली खेलाडीको पदक नै आशा गरेका हुन्छन्।

टेबलटेनिस पनि दक्षिण एसियाली खेलकुदमा पदक आशा गरिनेमध्येका एक खेल हो। नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) यता नेपाल भारतपछि दोस्रो स्थानमा छ। जुन सन्तोषजनक रहेको टेबलटेनिस संघका अध्यक्ष राजवैद्य बताउँछन्।
‘‘विश्वभरको स्थिति हेर्ने हो हामी पछाडि नै छौं। तर दक्षिण एसियामा हामी दोस्रो स्थानमा छौं। विश्व वरियातामा पनि हामी ७० देखि ७५ औं स्थानमा पछौं,’’ राजवैद्य भन्छन्, ‘‘इन्डिभिज्युलमा पनि हाम्रो नबिता श्रेष्ठ पाँच सयभित्र पर्छिन्। हजारौं खेलाडीको बीचमा त्यो पनि राम्रै मान्नुपर्छ। हाम्रो स्थिति समग्रमा सन्तोषजनक नै छ। यसलाई जोगाउँदै कसरी अगाडि बढ्ने भन्ने चुनौती हामीमाझ छ।’’
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव गोथे नेपाललाई अझै पनि एसियामा प्रतिस्पर्धा गर्न कठिन हुने बताउँछन्।
‘‘विश्वकै महाशक्ती राष्ट्रहरू एसियामै छन्। विश्वमै हेर्ने हो भने त हामी धेरै पछाडी छौं। एसियामा पनि हामीलाई गाह्रो नै हुन्छ,’’ गोथे भन्छन्, ‘‘तर दक्षिण एसियालाई हेर्ने हो भने सन्तोष गर्ने ठाँउ धेरै छन्। हामी दोस्रो स्थानमा छौं। एसियामै पनि हामी २० भित्र पर्न सक्छौं।’’
गत वर्ष यो दिवसमा १०७ देशमा ९२२ कार्यक्रममा सात लाखभन्दा बढी सहभागी भएका थिए। अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघले आजको दिनलाई विशेषगरी वातावरण प्रदुषणसँग जोडेर मनाउने योजना बनाएको थियो। विश्वभर भएको ‘जलवायु परिवर्तन’सँग जोडेर ‘विश्व टेबलटेनिस दिवस’ मनाउने तयारी थियो।
तर आईटीटीएफको त्यो योजनालाई कोरोना भाइरस संक्रमणले परिवर्तन गरिदियो। अन्तत: यसपटक आईटीटीएफले यस दिवसको नामै परिवर्तन गरेर ‘वर्ल्ड टेबलटेनिस डे एट होम डे’ बनायो।
" />

">