महानवमीका दिन मात्रै खुल्ने तलेजु भवानीको मन्दिरमा भक्तजनको भीड काठमाडौं।वर्षमा एकपटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। ३६४ दिन नित्य पूजा हुने भएपनि सर्वसाधारणका लागि आज मात्रै तलेजु भवानीको मन्दिर खुला हुन्छ। तलेजु भवानीलाई भने फूलपातीका दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो। विजयादशमीका दिन बिहानमात्र तलेजु भवानीलाई मूल मन्दिरमा फर्काइने चलन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्